अमेरिकाको दुई मुख्य कार्यक्रममा सहभागी हुदै नेपाली युवा विश्वास ढकाल




अमेरिकाको दुई महत्वपुर्ण कार्यक्रममा सहभागी हुन नेपाली युवा विश्वास ढकाल यतिबेला अमेरिकामा छन् | विश्वास ढकाल नेपाल मै सम्भावना खोजेर सफलता हासिल गरेको एउटा तन्नेरी उद्यमी हुन् | यिनै उद्यमी ढकाल नेपालको प्रतिनिधित्व गरेर अमेरिकाका दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुदै छन् |

उनले विश्व बैंको एउटा कार्यक्रममा सहभागिता जनाईसके भने अर्को कार्यक्रम मंगलबारदेखि शुरु हुदै छ | मंगलबारदेखि क्यालिफोर्नियामा शुरु हुने कार्यक्रमको उद्घाटन राष्ट्रपति बाराक ओबामाले गर्नेछन् | 'ग्लोबल एन्टरपेनर्शिप समिट' नामको यो सम्मेलन बिगत छ बर्षदेखि हुदै आएको छ | ओबामाले यो समिटलाई हरेक बर्ष सम्बोधन गर्दै आईरहेका छन् |

"नेपालले यो बर्ष पहिलो पटक सहभागिता जनाएको हो | हामी बिभिन्न क्षेत्रका ७ जनाले आउने अवसर पायौं |" -ढकालले भने |

संसारभरका ठुला उद्यमी र लगानीकर्ताको यो
समिटमा सहभागिता रहने गरेको छ | "यहाँ आएपछी उद्यमीहरुले 'अवसर, सम्भावना र चुनौती' का बारेमा बृहत रुपमा बुझ्न पाउछन | मैले पनि यो समिटबाट त्यही आशा गरेको छ |" ढकालले द नेपाल टुडेसंग भने | यो समिट शुक्रबारसम्म हुनेछ |

नेपालमा विश्वासले काम गर्ने क्षेत्र आई. टी. हो |  यहि क्षेत्रमा उनले विश्व बजारले प्रयोगमा ल्याएका सेवा सुबिधासंग नेपाली उपभोक्तालाइ साक्षात्कार गराएका छन् | जसले गर्दा प्रबिधिमा रमाईरहेको नेपाली उपभोक्ता र नयाँ प्रविधियुक्त सेवा सुबिधा प्रदान गर्ने सेवा प्रदायकहरु बीचको पुलको काम गर्न सफल भएको छ, उनको ब्यबसायिक संस्था,एफवानसफ्ट इन्टरनेशनल |

एफवानसफ्ट इन्टरनेशनलका अध्यक्ष ढकालले अघिल्लो हप्ता वाशिंगटन डी.सी. मा रहेको एउटा कार्यक्रममा पनि नेपालमा 'फिन टेक' अवसर र चुनौतीका बारेमा एउटा कार्यक्रममा कार्यपत्र पेश गरेका थिए |

, ,