जापानमा नेपाली चेली बिरामी, सहयोग अभियान शुरु

ह्याप्पी बन्धु "बिश्व"
जापान 
मुटुको भल्वले काम गर्न छोडेपछि उपचारका लागी अस्पतालमा भर्ना भएकी पोखरे ७ ओखलढुगांकी भिम कुमारी श्रेष्ठको उपचारमा सहयोगका लागि नेपाल जापान जनसम्पर्क समितिले रकम संकलन अभियान चलाएको छ  |

भिमाको आर्थिक अवस्था त्यति सवल नभएको र मुटुको भल्व परिवर्तनका लागी करिव १५ लाख जापनिज एन आवश्यक परेकोले  समितीका सभापति नारायण प्रसाद सुवेदीले सम्पूर्ण जापानवासी नेपालीहरुलाई जति सकिन्छ सहयोगका लागी अपिल गर्नुभएको छ |

सन् २०१४ को अप्रिल सेसनमा अध्ययनकालागि जापान आई भाषा कलेजको अध्ययन पुरा गरि हाल भोकेशनल कलेजमा अध्ययनरत भिमाको उपचारकालागी समितिले फेसवुक गुप्रनै खोलेर अभियान चलाएको छ "एऊटा नेपालीलाई पर्दा अर्को नेपालीको सहयोग होस् भन्दै सहयोगका लागी निरन्तर अभियानमा लागिपरेको अभियन्ताहरु यदुराम सापकोटा जिवन खड्का लगायतले द नेपाल टुडे डटकमलाई जानकारी दिनुभएको छ |

 सहयोग गर्न चाहानुहुने जापानवासी नेपालीहरुले जनसम्पर्कसमितीको जेपी बैकंको खाता नम्वर १००६०-२३७८४९४१ मा रकम जम्मा गर्न सकिने जानकारी गराईएको छ यता जनसम्पर्क समिती क्युशो क्षेत्रमा ५०००० हज़ारको कोष सन्चानल गरिएको र सम्पूर्ण व्यापारी बुद्दिजिवी बिद्यार्थी लगायतवाट संकलन गरि १ लाख सम्म पुर्याऊने लक्ष्य लिईएको क्युशो शाखाका उपाध्यक्ष डिका कार्कीले जानकारी दिनुभएको छ |  भने यता निगाता क्षेत्रवाट करिव ४० हज़ार जति संकलन भएको सभापति सुवेदीले जानकारी दिनुभएको छ |

स्मरणरहोस् जनसम्पर्क समिती जापान राजनितीक गतिबिधीमा मात्र नभई मानवीय भावना साट्दै हरेक दुखहरुमा साथ दिदै आएको छ |