एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटरद्वारा काबुल घटनाको भर्त्सना

एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेले काबुल घटनाको भर्त्सना गरेका छन् | हालै एक प्रेस बिज्ञप्ति प्रकाशन गरेर उनले  काबुल घटनाको भर्त्सना गरेका हुन् |

वाग्लेले जारी गरेको बिज्ञप्ति यसप्रकार छ :

कावुलमा भएको संघातिक हमलामा परि वीर गति प्राप्त गर्ने १४ जना नेपाली सहित ज्यान गुमाउनु हुने सबै प्रति हार्दिक श्रद्धान्जली !

केहि वर्ष अगाडि ईराक़मा कामको खोजीमा गएका वीर नेपाली युवा जमातलाई तड्पाई तड्पाई आतंकवादीले मारेको आलो घाउ सुक्न नपाउँदै फेरि आज १४ जना नेपालीलाई कावुलमा पनि आतंकवादीकै हमलाले ज्यानै समेत लिए । सो आक्रमणमा परी बैदेशिक रोजगारीमा रहेका १४ जना नेपाली सहित धेरै जनाको ज्यान जाने गरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपाली प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।

ऊक्त दुखद् घटनामा ज्यान गुमाउने वीर नेपाली परिवार प्रति समवेदना प्रकट गर्दै घाइते नेपालीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दुछ । वैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनु भएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अवस्थामा एक अर्कों नेपाली-नेपाली दाजु भाइ दिदी वहिनीहरूमा सहयोग गर्न अनुरोध पनि गर्दछु ।   
अफगानिस्तान, ईराक़ जस्ता असुरक्षित स्थानमा नेपाली कामदार नपठाउन प्रकृया तत्काल बन्द गरी उक्त स्थानमा कार्यरत नेपालीहरुलाई सुरक्षित रुपमा घर फर्काउने निर्णय चांडो भन्दा चांडो नेपाल सरकारले गर्नुपर्छ । 

सर्बज्ञ वाग्ले 
मिडिया कोअर्डिनेटर 
एनआरएन अमेरिका ।