जीवन मृत्यु योजना ! -महेश भट्टराई


महेश भट्टराई 
भर्खरै मेरो एउटा साथीको गाडी दुर्घटनामा अन द स्पट मृत्यु भएर दाह सस्कारपछि घर फर्कदै छु । २ -३ वटा  सफल बिजनेश थियो उसको । हिज मात्र एक जना साथी अचानक हार्ट अट्याक  भएर अस्पतालमा भर्ना भएको छ, ३ दिन दिन भयो होस् आएको छैन, सफल  सेल्स म्यानेजर थियो। अर्को साथी  एक महिना अगाडीबाट टर्मिनल  क्यान्सर  भएर  हस्पिस  युनिटमा  मृत्यु कुरेर बसी रहेको छ । कम्प्युटर ईञ्जिनियर थियो। अर्को साथी ३  महिना बाट डिप्रेशनको औषधी खाएर घरमा बसेको छ । शायद बिदेशको अनावश्यक  स्ट्रेसफुल अवश्था र जीवन  थेग्न नसकेर होला !

सायद तिम्रो शरिर जिरिङ्ग भयो होला।  कतै माथिको  घटनामा तिमि वा तिम्रो घरको सदस्य परेको भए ?

तिमी हामी आजको भौतिका सुबिधामा रनभुल्ल परी भुलिरहेका छैां ।तेरो मेरो स्वार्थमा अल्मलिरहेका छैां । आखिर हामी खाली हात लिएर आएका हौ, खाली हात लिएर जाने हो । तै पनि हामी कमाइ राख्ने, समाइ राख्ने, लुकाइ राख्ने, लडी राख्ने, कमाउने, जमाइराख्ने  काममा सधै बेस्त छैां ।

हामीले योजना जिवन मृतुको बनौउनु पर्ने हो । हामीलाई शुरुको २० बर्ष सम्म त योजना बनाउनु पर्दैन,  वा खासै हुँदैन । २० देखी ३० बर्षमा धेरै योजना बनौउछैां ।अधयन , बिबाह , जागिर्, घर्, पैसा कमाउने, आदी आदी । ३० देखी  ६० सम्म हामी पैसा कै पछाडी दौडिरहेका हुन्छैां । योजना हरु धेरै नै महत्वाकान्ची हुन्छन ।६०- ८०  retirement अवस्था , हामी सँग खासै केहि  योजना हुँदैन । ८० देखी १०० बर्ष को योजना के ? एक मिनेट ठन्डा दिमागले  सोचेर हेर्ने हो भने हामी सँग ६० बर्ष पछीको हामी सँग योजना के छ ?

हामी सँग ५० बर्ष सम्मको योजना छ  तर जब हामी ओरालो लाग्छैां  हामी सँग केहि योजना प्राय हुदैन, किन ? के हामी डरपोक्, नामर्द, कायर्, छैां ? हामी त संसारको उत्कृस्थ मानब जाती होइन र ? मानब धर्म्, मानबता अनि मानब कल्याणको योजना खै ?

हामी सँग चन्द्रमा मा जाने योजना छ,  बिश्व भर्मन गर्ने योजना छ,  करोड्पती बन्ने योजना छ,  संसार हाक्ने योजन छ,  संसार धोस्त पाने योजना छ,  तर आफ्नो मृत्युको योजना छैन । हो मृत्यु को योजना । तिमी हामी कुरा गर्न पनि डरउछैां  किन ?  किनकी हामीले आफुले आफैलाई बुझ्ने कोशीश कहिल्यै गरेनौ । मृत्यु देखी हामी डराएर राख्यैा ।जुन सत्य तथ्य ले मुटु भित्र चुमछ्, कती दिन सम्म भागिरहने हामी ? सायद हामीले आत्मसात गरेको भए हामी भित्रको लोभ,लालसा, घमन्ड टाडा हुने थियो कि ?  धर्म कर्म पुन्य मानबत थोरै भए पनि पलाउने थियो कि ? सायद तिम्रो हाम्रो लागि श्वर्गको ढोका खुल्ने  थियो कि ?

जिबन मृतुको खेल तिमीहामी ले राम्ररी बुझेको भए, शायद तिम्रो हाम्रो मान्यजन वा गुरुले हामीलाई बुझाइ दिएको भए वा मानब र मानवता माथी यती खडेरी लाग्ने थिएन । कुसस्कर र कुसस्कृतीको अैरेलुले ढाक्ने थिएन । आज ५% मानिसले  हातमा संसारको आधा सम्पती कुटुरो पारी राखने पक्कै राख्ने थिएनन होला । Millionaires  हरु Bilinears  हुने लोभमा गरीब लाई सोषण गर्ने थिएनन होला  ?

 शायद ISIS र सद्धाम हुसेन को जन्म हुने थिएन होला । न त ९ /११ को घटना नै घटने थियो होला । न त मानब बम बन्ने थियो  होला । आज जात भात , रंग , धर्म , क्षेत्र ,बर्ण धनि गरिब मा बिश्वलाई टुक्रा टुक्रा पारि राज गर्ने को ? धर्म गुरु वा राजनितिज्ञ त होइन ?

हामिले सधै सुन्दर फुल र जिबन को बारेमा बर्णन गरौ, धेरै लेख्यैा.  धेरै पढ्यैा, तर मृत्यु बारे न लेख्ने  कोसिस गर्यैां, न पढ्ने, न पढाउने कोसिस गर्यैां । जिबनलाई गुलाफको फुल सँग दाज्र्यैां, न काडाको कुरा गर्यैां, न त रुखको ! सुगन्ध लिऔ फालिदिऔ । जिबन को मुल्य मान्यता र मानबता बारे कहिलौ सिकेनौ ।

साचै हामिले मृतु बारे राम्ररी बुझेको भए हामी लोभ, लालचमा पकै फस्ने थिएनौ, तेरो मेरो बाट माथी उठेर सोच्ने थियैां होला कि !

मानब जिबन सुन्दर छ , अमुल्य छ,  किनकी मृत्यु  निस्चित छ । जब सम्म हामीले आफुले आफुलाई र जिबन मृत्यु को खेल राम्ररी बुझ  सक्दौनौ वा बुझ्ने कोशीश गर्दैनौ,  हाम्रो जिबन सफल हुनै सक्दैन । जती पनि संसारका सफल Scientist  र बैज्ञानिक वा विद्दवानहरु यही  जिबन मृत्युको खेल राम्ररी बुझेरै सफल भएको हुनुपर्छ । मृत्युको पाटो लुकाएर कतै हामी हाम्रो जिबन अधुरो त बाचिरहेका छैनौ ? ? ?

मृत्युको सूचना दिएर त आउदैन क्यारे ! न त यमराज लाई सोर्स वा घुस खुवाए पछि  जान्न पख, वा पर सार्न सकिन्छ । आज, अहिले वा भोली नै तिम्रो हाम्रो मृत्यु हुन सक्दैन र ? Heart attack,  Accident  हुन सक्दैन भन्ने guarantee  त छैन । माथीको  घटनामा  तिमि पनि  त पर्न सक्छौ ।

 मृत्युको कुरा गर्दा र पढ्दा पनि मात्र डर  लाग्यो होइन ? तिमि हामी कहिले सम्म मृत्यु  संग भागेर हिड्ने । आखिर मर्नु त् छ एक दिन, आखिर  कति दिन सम्म ? हामी लाइ त्यो दिन थाहा छैन । कुरेर बसिरहेका छौ । हामी ले भुले पनि कालले त् भुल्ने छैन । हामी अजम्ब्बरी त पक्कै होइनौ होला ?

फुल ओइलाए पछि, फल पाके पछि झर्नु नै पर्छ। कुरा हाम्रो जिवन को हो ,चङ्गाको धागो कहिले चुड्ने के थाहा ?, पालो त तिम्रो हाम्रो सबै को आउछ। के तिमीले तिम्रो मृत्यु को बारेमा कहिल्यै कल्पना गरेका छौ ?  रामो घर , परिवार, पैसा , जागिरको बारेमा त कल्पना गरेका छौ भने मृत्यु को बारेमा  किन  नगरेको ? मृत्यु  शाश्वत  सत्य हो ,तिमि हामी सबै  लाई राम्ररी थाहा छ ।

 जन्मे पछी मृत्यु नियमित प्राकृतिक प्रक्रिया , फेरी  तिमि हामी किन मृत्यु को कुरा गर्न डराउछैा र भागी हिड्छैा।

मानबजाती अति सम्बेदनसिल प्राणी अरे, तर हामि रनभूल्ल परेर बाचिरहेका छौ आफु भित्रै  लोभमा ! पैसाको लोभ, पदको लोभ , प्रतिस्ठाको लोभ, तेरो मेरोको लोभ ,  पृथ्बी र चन्द्रमा आफ्नो बनाउने लोभ, संसार आफ्नो गराउने लोभ। शायद हामीले एक दिन मर्नु पर्छ भन्ने राम्ररी बुझेको भए, मनन गरेको भए, मानबिय जिवन सरल र सफल हुने थियो कि ! यदि साच्चै  हामीले जिवन मृत्युको खेल बुझेको भए यो लोभ र लालचको खेल किन ?

हामीले जिवन भन्दा मृत्यु को बारेमा छलफल गर्नु पर्ने होइन र ? मानिसको जिवन सिक्काको दुई पाटा गाई र त्रिसुल, हो भने हामी किन एक पाटाको मात्र किन कुरा गर्छैा। आखिर चान्स त ५०/५० त हो, होइन र ?

यदि यो कुरा राम्ररी बुझेको भए यो लोभ लाभ , काटमार, शोषण, भ्रष्टचार, अत्याचार , त पकै हुदैनथ्यो !  संसार कस्तो हुदो हो !!!
बस म त तिम्रो हाम्रो अज्ञानता, अबुझपन र लापर्बाही देखी छ्क्क पर्दैछु । न त तिमीलाई जबर्जस्ती गर्न सक्छु,न त घोक्रैठयाक लगाउन नै । तिम्रो जीबन हो,कसरी बाच्ने निर्णय तिम्रो हातमा छ ।

 कोलम्विया, मेरिल्यान्ड, अमेरिका

,