सवारी दुर्घटनामा सत्रजना घाइते

लहान असार, १-पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाका दुई स्थानमा गएराति भएका सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् । सिरहाबाट राजविराज आउँदै गरेको बा २ ख ८७३१ नम्बरको बस सिरहाको धनगढीमाई नगरपालिकामा ब्रेकफेल भई दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय भुमिजा अस्पतालमा उपचार भइरहेको छ भने चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी गोलबजार नगरपालिका–८ मा ग ४ प ५४७५ र स ५ प ६७०४ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मिर्चैया नगरपालिका–११ का २७ वर्षीय मिथिलेस यादव, गोलबजार–६ निवासी २९ वर्षीय दिनेश साह र ६२ वर्र्षीय रामचन्द्र साह रहेको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।