नेपाली संगीतका कालजयी स्रष्टाको साथमा सपनाश्री र बिमल डाँगी नमस्ते चौतारीमा




नेपाली गीत संगीतका कालजयी स्रष्टालाई सम्मान गर्दै नमस्ते चौतारी रेस्टुरेन्टले ऊहाँहरुको तस्वीर संकलन गरी स्टेजको ब्यानर स्थापना गरेको छ | जसमा मेलवादेवी
सेतुराम, मित्रसेन र ऊस्ताद साईला लगायतका संगीतकर्मी हरुको तस्बिर राखिएको छ |

जहाँ शिब शंकर, नातिकाजी, नरराज ढकाल, अम्बर गुरुङ, चन्द्रराज शर्मा, गोपाल योञ्जन, धर्मराज थापा, झलकमान गन्धर्व, कुमार बस्नेत, रत्नदास प्रकाश, कोइलीदेवी, प्रेमध्वज प्रधान, नारायण गोपाल, मीरा राणा, तारा थापा, होमनाथ उपाध्याय, फत्तेमान राजभण्डारी, तारादेवी, ज्ञानु राणा, अरुणा लामा, मिरा राणा, तिर्थकुमारीको पनि तस्बिर छ |

उक्त स्टेजमा पाण्डव सुनुवार, प्रकाश श्रेष्ठ, राम थापा, मधु क्षेत्री, राम शरण नेपाली , शरण प्रधान,दिब्य खालिंग, ओम बिक्रम बिष्ट, जंग बहादुर गन्धर्व, मदन परियार, न्हुछेमान डंगोल(पाजु), बच्चु कैलाश, शान्ति ठटाल, दिप श्रेष्ठ, भक्तराज आचार्य, योगेश बैद्य, अरुण थापा, रणजीत गजमेर, दिलमाया खाती, दीपक जँगम, शम्भजीत बास्कोटा, दावा ग्याल्मो, उदित नारायण आदि अगाडीका स्रष्टामध्ये सम्झिने कोसिस गरिएको छ |

गीतसंगीत मार्फत मनोरन्जन दिलाऊदै आएको नमस्ते चौतारीमा हाल बरिष्ठ गायिका सपनाश्री, बरिष्ठ गायक यम बराल चर्चित लोक-दोहोरी कलाकारहरु निशा सुनार, बिमल डाँगी, संगीता थापा तथा बरिष्ठ बाध्यबादक न्हुच्छे नारायण डंगोलले साँगितिक मनोरन्जन दिईरहेको कुरा सन्चालक सोमनाथ घिमिरेले जानकारी गराऊनुभयो |