चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं जेठ, ३१-मकवानपुरमा वर्षासँगै परेको चट्याङ लागेर आइतबार राति २ जनाको ज्यान गएको छ । चट्याङ लागेर आमभञ्याङ ४ चुहारकी १७ वर्षिया विष्णुमाया पाख्रिन र २० वर्षिया खिलकुमारी रुम्बाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा नुहाइरहेका बेला उनीहरुलाई चट्याङ लागेको हो ।