काबुल आक्रमणमा मारिएका १२ नेपालीको नाम


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती विष्फोटमा परी  मृत्यु भएका  १२ नेपालीको पहिचान खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  मृत्यु भएका दुई जनाको पहिचान हुन सकेको छैन ।  विष्फोटमा परी १४ नेपालीको मृत्यु भएको खबर आएको छ ।

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी मृतकबारे जानकारी दिएको हो । परराष्ट्रको विहान बसको आकस्मिक बैठकले घटनाबारे जानकारी दिन प्रवक्ताको कार्यालयको समन्वयमा सूचना डेस्क स्थापना गरेको थियो । घाइतेको उपचार भइरहेको र विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मृतकको नामावली
चन्द्रबहादुर रानामगर– काडमाडौं
अमृत बहादुर थापा –लमजुङ
डम्बर बहादुर तामाङ –नुवाकोट
मधुसुदन कोइराला –नुवाकोट
दिलबहादुर गुरुङ –नुवाकोट
विरबहादुर सुवेदी क्षेत्री– काठमाडौं
नवीन बहादुर क्षेत्री –पर्वत
हरिबहादुर वड्वाल क्षेत्री – काठमाडौं
कृष्ण बहादुर  ढुंगाना– चितवन
अकुल तामाङ –सुनसरी
सुप बहादुर गुरुङ –स्याङजा
जीतेन्द्र सिंह थापा –वुटवल