प्रचण्ड, बादल र वाइसीएल अध्यक्षविरुद्ध उजुरी



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतविरुद्ध अपहरण तथा व्यक्तिहत्याको अभियोगमा सजाय गर्न माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ ।

आजको कान्तिपुर दैनिकले लेखेको छ– शिक्षक गुरुप्रसाद लुइँटेलको अपहरण र हत्या गरको भन्दै छोरा फणिन्द्रले बुधबार आयोगकै कार्यालयमा पुगी उनीहरुविरुद्ध उजुरी दर्ता गराएका थिए । गुरुप्रसाद ज्ञानप्रकाश मावि घोराखोरी ओखलढुंगाका शिक्षक थिए ।

उजुरीमा माओवादी नेता रामबहादुर थापा, पेशल खतिवडा, पूर्वसांसद केशव राई, वाइसीएल अध्यक्ष रामचन्द्र शर्मालाई पनि अभियुक्त बनाइएको छ । लुइँटेललाई २०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरि हत्या गरिएको उजुरीमा उल्लेख छ ।

,