संचारकर्मी प्रभात सापकोटालाइ मातृ शोक


द नेपाल टुडेका शुभचिन्तक, संचारकर्मी तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका युवा नेता प्रभात सापकोटा तथा अर्का शुभेच्छुक संगीता पौडेलकी ममतामयी माता श्रीमती भगवती सापकोटाको अमेरिकाको न्यु योर्कमा निधन भएको छ |

श्रीमती भगवती सापकोटाको ५८ वर्षको उमेरमा उपचारको क्रममा अमेरिकाको न्युयोर्कको एक अस्पतालमा निधन भएको हो |

स्वर्गीय भगवती सापकोटा, प्रजातान्त्रिक विचार समाजका पूर्व केन्द्रिय सदस्य, साहित्यकार एव शिक्षाविद श्री प्रेमराज सापकोटाकी धर्मपत्नी हुनुहुन्थ्यो | साथै उहाँ एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव केशव पौडेलकी सासुआमा हुनुहुन्थ्यो |

द नेपाल टुडे डटकम परिवार स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्दछौं |