नेपाली जनसंपर्क समिति न्यू-ह्यामसायरका सभापतीलाई मातृ शोक




नेपाली जनसंपर्क समिति न्यू-ह्यामसायरका सभापती  राजेन्द्र थापाकी ममतामयी माता दान राजलक्ष्मी थापाको उपचारको क्रममा हिजो नर्भिक अस्पताल काठमाण्डौमा निधन  भएको समाचार प्राप्त भएको छ |

नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले उहाँको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै, दिवंगत आत्माको चीरशान्तिको कामना संगै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ |