जीवन के हो ? -मैया सुवेदी

जीवन के हो ? 

जीवन मानव जातिको
स्वीकार हो वा तिरस्कार
प्रेम हो वा घृणा
प्राकृतिको देन हो कि अभिसाप
परिश्रम,पसिना हो आलस्य
सायद संघर्ष भित्रको आजादी हो कि जीवन।

भिजेका फरिया र चोलीमा
भोको पेट हो कि जीवन ?
हवेलीको आलिसान शुख होकि जीवन
सायद मनभरिको पीडालाई
व्यक्त गर्ने खुला किताब  हो जीवन ।

अनगिन्ती हन्डर र ठक्कर खादै
बगिरहेने निस्चल नदी हो जीवन
आकाशमा चम्किने तारासगै आसाको
झुल्किने घाम हो जीवन ।

पश्चातापको भूमरीमा फसेर
सकारात्मक सोचमा प्रेरित हुनुहो जीवन
भाग्यसगै लालायित हुनुहो जीवन
कर्तव्यपरायण हुँदै,आफ्नै निर्णयमा
अडिग रहनुहो जीवन
मुस्कुराउनु जीवनभर र
फक्रिएर मर्नु  हो जीवन ।

काल्पनिक बनि पवनसगै उडेर
विपनामा विकल्प खोज्नु हो जीवन
संसारलाई  आफ्नो ठान्नु
तर आफै एक्लो  महशुस हुनु हो जीवन
कोमल भावपूर्ण बन्न सक्नु
कठोरहृदय बन्न सक्नु हो जीवन ।

२०७३ जेष्ट २२, पोखरा