नेपाल नयाँ भएछ -मैया सुवेदी

नेपाल नयाँ भएछ

मातापिता गुरुलाई
देवता मान्ने मेरो भूमि
सपनाको संसार भएछ
ऋषिमुनिहरुको तपोभूमी
रणभूमीमा परिणत भएछ ।

भन्नेहरु भने भन्ने गर्छन्
उन्ले भनेजस्तै गरी
ए हजुर नेपाल अव नयाँ भएछ।

संसारकै विशिस्ट पोसाक
दौरा सुरुवालको पालो गएछ
ठूलावडाका भनाउदालाई
राष्ट्रिय पोसाक टाईसुट भएछ ।

राष्ट्रको जिम्मेवारी बोक्ने मन्त्री
राष्ट्र टुक्राउछु भन्ने अराष्ट्रिय भएछ
राष्ट्र र राष्ट्रियताको प्रवाह नराक्ने
नेपालीको राष्ट्रियता संकुचन भएछ ।

सिमाना मिच्नेहरुले मिचे पनि
हेरेर बस्ने क्षमता आएछ
ऐन  नियमको त कुरै भएन
साँचो गणतन्त्र विरानो कथा भएछ ।
मलाई पत्यारै थिएन ए हजुर
साँच्चै नेपाल नयाँ भएछ।

बजेटमा कर्मचारीतन्त्र हावी भएछ
स्वप्नील प्रमको विचार सफलीभुत भएछ
महँगीले आकास पाताल छोएछ
नुनको पोकोमा भ्याट लाएछ
एक दिप ज्योतिमा कर बडेछ
निमुखा  नेपाली जनताहरु हो
तिम्रो त बाबुको बिहे आएछ
मलाई त पत्यार थिएन हजुर
बल्ल नेपाल नयाँ भएछ।

२०७३जेठ १८ ,पोखरा