अमेरिकामा नेपाली विज्ञहरुको सम्मेलन सिकागोमा


सिकागो जुलाई २० /
हाल संयुक्त राज्य अमेरिकामा रही बिभिन्न पेशागत, विद्द्त , बैज्ञानिक , अनुसन्धान र शिक्षण लगायतका ब्यवशायिक क्षेत्रमा कार्यरत नेपालीहरुको पहिलो सम्मेलन सिकागोमा आयोजना हुंदैछ । युएस नेपाल पोलिसी रिचर्स सेन्टरको आयोजनामा यही जुलाई ३० तारिक शनिवार सिकागोमा आयोजना हुने त्यस सम्मेलनमा दसवटा विषयका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रश्तुत गर्ने स्थानीय संयोजक डा यादव पन्डितले जानकारी दिनु भएको छ ।

नेपालको लागि र अमेरिकामा रहेका नेपालीको लागि के कस्ता निति र योजना नेपाल र अमेरिकामा उपयुक्त हुने छन र त्यसका लागि नेपाली विज्ञ जनशक्तिले के कसरी योगदान र सहयोग गर्न सक्छन भन्नेमा सम्मेलन केन्द्री त हुने बताइएको छ । आगामी वर्षहरुमा हरेक साल छानीएका विषयहरुमा केन्द्रीत भएर विभिन्न शहरहरुमा नेपाली र अमेरिकी विज्ञहरुको सहभागितामा यस किसिमको सम्मेलन आयोजना गर्ने योजना रहेको टेक्ससका डा अर्जुन बन्जाडेले बताउनु भएको छ  

मुनाफारहित संस्थाका रुपमा युएस नेपाल पोलिसी रिचर्स सेन्टरले दलीय राजनितिक आवद्दता अस्विकार गर्दै नितिगत विषयमा नेपाल र अमेरिकी सरकार एवं नितीनिर्माण तहमा संबन्धित क्षेत्रका विशेषज्ञको संलग्नतामा लबिङ गर्ने मुख्य उद्देष्य रहेको अर्का अभीयन्ता नेभाडाका डा. सुमन पराजुलीको भनाइ छ ।  

युएस नेपाल पोलिसी रिसर्च सेन्टर मुनाफारहित ५०१ सी संस्थाका रुपमा टेक्सस राज्यमा दर्ता भएको र यस्को संस्थागत ,आर्थीक तथा निती कार्यक्रमको स्वरुपका संबन्धमा पनि जुलाई ३० मा हुने सम्मेलनमा छलफल हुने योजना रहेको कन्सासका डा. राजन पन्तले जानकारी दिनु भएको छ ।

नेपाली विज्ञ, विद्द्त वर्ग्, अनुसन्धान कर्ता र ब्यवसायिक पेशागत ब्यक्तीहरु  र अमेरिकाको सरकारी ,कर्पोरेट ,बिश्वविद्ध्यालयमा कार्यरत र अध्ययनरत नेपालीहरुको तथ्यांक संकलन, सहकार्य र नेटवर्किङ को कार्यमा यस संस्थाले कार्य गर्ने फ्लोरीडाका डा. शिरिष भाटले जनाउनु भएको छ ।

यस किसिमको नेपालीहरुको संस्थाको नेपालबाट र अमेरिकि नेपाली समुदायबाट अपेक्षा भैरहेको धारणा भर्जिनीया का डा रमेश पन्त को छ ।

धेरै नेपाली हरुले अमेरिकामा बिभिन्न क्षेत्रमा तरक्की गरी रहेको र त्यो ज्ञान्,क्षमता र शिपले नेपाल र नेपाली समु दाय लाई के कसरी मद्दत पुर्याउन सकिन्छ भन्ने सवालमा यो युएस नेपाल पोलिसी रिसर्च सेन्टरले योग्दान गर्न सक्ने विश्वास क्यालीफोर्निया वर्क्ले का डा आमोद पोख्रेलले लिएका छन |