शिकागोमा खेलकुद तथा समर बार्बिक्यू कार्यक्रम सम्पन्न





सन्ध्या राई 
शिकागो । जुलाई १८। अमेरिकाको शिकागोल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुबीच एक आपसमा सद्भाव बढाउने साथै चिनजान तथा भेटघाट गर्ने उद्देश्यले गरिएको समर बार्बिक्यू तथा खेलकुद कार्यक्रम हिजो सम्पन भयो । 

 शिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाईटीको आजोजनामा सम्पन्न सो कार्यक्रममा पाँच सय जना भन्दा बढीको उपस्थिति रहेको थियो । हरेक वर्ष यही समयमा गरिने सो कार्यक्रममा शिकागो स्थित अन्य संस्थाका प्रतिनिधी लगायत शिकागो वरिपरि  बस्ने नपालीहरुको सहभगिता रहेको थियो । 


 सो अवसरमा कार्यक्रमलाई रोचक तथा मनोरञ्जन पूर्ण बनाउनका लागि विगतका वर्षहरुमा जस्तै विभिन्न खेलकुदहरुको पनि आयोजना गरिएको थियो । जसमा बालबालिका तथा महिलाहरुका लागि म्युजिकल चेयर प्रतियोगिता र अन्य सबैका लागि दौड प्रतियोगिता, भलिबल तथा फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।  प्रतियोगितामा विजयी खेलाडीहरुलाई अगामी अगष्ट २१ हुने संस्थाको साधारण सभामा मेडल, तथा ट्रफी दिईनेछ । 


कार्यक्रमको अन्तमा सहभागी, प्रायोजक, स्वयंसेवक तथा अन्य सबै सहयोगीहरुलाई संस्थाका अध्यक्ष बेनीमाधब कंडेलले धन्यवाद दिनु भएको थियो । सो अवसरमा उहाँले आगामी वर्षहरुमा यो कार्यक्रमलाई थप रचनात्मक तथा मनोरञ्जनात्मक बनाउदै जाने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । 

 यसैबीच, यस संस्थाले नेपालीभाषी बालबालिकाहरुको समरमा हुने स्कुल बिदालाई मध्यनजर गर्दै शिकागोमा पहिलो पटक नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ । बेसिक तथा एड्भान्स गरि दुई तहमा सञ्चालन भैरहेको यी कक्षामा महिला तथा पुरुष दुवैले शिक्षकको भूमिका निभाउनु भएको छ । 

त्यसैगरी, विगतको वर्षलाई निरन्तरता दिदै  फुटबल प्रशिक्षण पनि जारी गरेको छ । जसमा नेपालका भूतपूर्व राष्ट्रिय फुटबल खेलाडी देवनारायण चौधरी प्रशिक्षक हुनुहुन्छ । 

, ,