डा. केसीको अनसन विरुद्ध डा. भोला रिजालको नेतृत्वमा प्रदर्शन (तस्विर सहित)



काठमाडौं। चिकित्सा शिक्षाको सुधारको माग गर्दै एक हप्ता भन्दा बढी समयदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको अनसन विरुद्ध डा भोला रिजालको नेतृत्वमा काठमाडौंमा प्रदर्शन गरिएको छ। नेपालको शिक्षा क्षेत्रलाई धरासायी बनाएर बिदेश विद्यार्थी पठाउने चलखेल बढ्न थालेको भन्दै त्यस्ता निकायलाई प्रोत्साहन दिन नहुने माग गर्दै रिजाल नेतृत्वको एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालको अगुवाईमा आईतबार काठमाडौंमा र्याली निकालीएको हो। डाक्टर गोविन्द केसीको आन्दोलनको पछाडी नेपाली विद्यार्थी बाहिर पठाउने उदेश्य रहेको भन्दै त्यस्ता अभियानलाई प्रोत्साहन गर्न नहुने भन्दै त्यस क्षेत्रसँग सम्वन्धित प्रोफेसर, कलेज संचालक, अबिभावक, विद्यार्थी, चिकित्सक, उद्योगीको संलग्नतामा र्याली  निकालिएको हो।

भृकुटीमण्डपबाट निस्किएको विरोध र्याली बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वर, थापाथली हुदै माईतिघरमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर भोला रिजालले कसैको समर्थन र विरोधमा आफुहरु सडकमा नआएको स्पष्ट पारे। उनले नेपालमा मेडिकल शिक्षाको स्तर कसरी बढाएर अन्तराष्ट्रिय जगतमा पुर्याउन सकिन्छ भन्ने सोच्न बाध्य बनाउन आएको उल्लेख गरे।

रिजालले कसैलाई अगाडि बढाउन र धकेल्न नभइ हाम्रो मेडिकल शिक्षालाई जोगाउन आफुहरु सडकमा आएको बताए। अनावश्यक बखेडा र आरोप लगाएर हाम्रो मेडिकल शिक्षा र हजारौ हजार कर्मचारीको रोजिरोटी खोस्ने अभियानमा लागेकाहरुबाट एक ईन्च पनि पछि नहट्ने उनले स्पष्ट पारे। ३०० बढी गरिव, जेहेन्दार तथा पिछडा बर्गलाई छात्रबृद्धि दिदै आएको अवस्थामा पनि आफुहरुप्रति असान्दर्भिक आरोप लागेको हुदा त्यसको खण्डन गर्न आएको जानकारी गराए। नेपालको मेडिकल शिक्षा र स्वास्थ्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चिन्ता गर्नु परेको र त्यसमा सबैले सोच्नुपर्ने अध्यक्ष रिजालको भनाइ रहेको छ।

ईन्जिनियर तथा नेपालको पहिलो मेडिकल खोल्ने अभियानता दिपक भट्टराईले डाक्टर गोविन्द केसि लगायत सिमित व्यत्तिहरुले नीजि क्षेत्रलाई माफिया भनेर लगाएको आरोपको खण्डन गरे। उनले सबैलाई एउटा एउटा विषय समाएर राजनीति गर्नु पर्ने भएकाले केसीले पनि राजनीति गर्ने माध्यम नीजि मेडिकल कलेजको विषय बनाएको दावी गरे। उनले दलालि उत्पादन गर्दै कन्सल्टेन्सी खोल्न प्रोत्साहन गर्ने केसी जस्ता डाक्टरहरुलाई राज्यले निगरानीमा राख्नु पर्ने उल्लेख गरे। आफ्नै देशको दुध खाएर केसीले मुलुकप्रति गद्धारी गरेको उनको आरोप छ।

यता उद्योग वाणीज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले केसीको आन्दोलनले निजी क्षेत्र धरासायी बनाएको भन्दै विरोध गरे। उनले निजी क्षेत्रलेनै मुलुकको अर्थतन्त्र धानेको भन्दै मेडिकल क्षेत्रलाई अहित हुने मागमा आफुहरुको सधै विरोध रहने भन्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालको आन्दोन प्रति महासंघको ऐक्यवद्धता रहेको बताए।
स्रोत: हाम्राकुरा डटकम




,