अमेरिका क्यानाडामा रहेका नेपाली भाषी खृष्टियनहरुको शिखर सम्मेलन सम्पन्न



 राजेन्द्र सेन्चुरी

अमेरिका क्यानाडामा रहेका नेपाली भाषी खृष्टियनहरुको शिखर सम्मेलन समापन भएको छ।

अमेरिकामा दर्ता भएको भुटानी नेपाली खृष्टियन एसोसियसन Bhutanese Nepalese Christan Association (BNCA)को आयोजना र ह्यारिसवर्ग ब्याप्टिष्ट चर्चको आतिथेयतामा पेन्सिल्भेनिया राज्यको शाईरस्म्यान शहर स्थित बाइबल ब्याप्टिष्ट चर्चमा लगभग एघार सयजना सहभागिहरु माझ यहि जुलाई १४-१६ तीन दिने सम्मेलन सम्पन्न भएको हो। अमेरिकाका विभिन्न राज्यहरुका साथै क्यानाडा भारतबाट समेत सहभागी र अगुवाहरूको उपस्थिति रहेको थियो। महिलापुरुष, युवायुवती, बालबालिकाहरुको समेत संलग्नता रहेको यस सम्मेलनको विभिन्न तीन दिन भएका सेवा-सेवकाई, प्रार्थना-संगतिहरुले सम्पूर्णलाई परमेश्वरको उद्दार औ आशिष अनुग्रह भएको उपस्तिथित सहभागिहरुले जनाएका थिए।

सबै सृष्टिहरुका शिर येशु मसिहको प्रमुख आतिथ्यमा शुरुआतिको प्रार्थना गरि, भजन, कोरसहरु द्वारा स्तुति-प्रसंशा गरि सम्मेलनको उदघाटन गरिएको थियो। प्रमुख पादरी, अगुवा, विभागीय प्रमुखहत्रुले पिता परमेश्वोर/पवित्र आत्मा/ पुत्र परमेश्वोर ले गर्नु भएको उद्दार, करुणा-अनुग्रह, र उहाँ प्रतिको आदर महिमा  प्रशंसा सम्बन्धी वचन दिनु भएको थियो।

यो छैठौं शिखर सम्मेलन सम्म आईपुग्दा अमेरिकाबाट क्यानाडा सम्म विस्तार भएको र अब आउने सम्मेलनले विश्वमै भएका सम्पूर्ण नेपाली भाषी खृष्टियनहरुलाई भेला गर्नका लागि विशेष प्रार्थना सहित पहल गर्ने BNCA का अध्यक्ष पाष्टर जोन मगर तथा संयोजक पाष्टर सुरेश तामाङले बताउनु भयो।

नेपाल देश एवं विश्वमै सुख, शान्ति, समृद्धि होस भनी सम्मेलनको शुरु देखि अन्त सम्मै प्रार्थना कक्षमा विशेष प्रार्थना गरिएको थियो। यस सम्मेलनले आगमी ३ वर्षका लागि नयाँ कार्य समितिको चयन गरेको छ। र अन्तमा सम्मेलन सफल पार्नु हुने सवैमा आभार धन्यवाद दिदै परमेश्वोरको महिमा, आदर, प्रशंसा उच्चतामा विराजका लागि अनुग्रहको प्रार्थना गर्दै सम्मेलनको समापन गरिएको थियो। आगामी सिखर सम्मेलनको कहाँ कहिले गरिने भन्ने नव नियुक्त समितिले गर्ने समेत तय भएको छ।

नव नियुक्त मुल कार्य समितिको प्रेसिडेन्टमा पाष्टर तामाङ ज्यो ज्यो नोर्बु, भाईस प्रेसिडेन्टमा पाष्टर डा. मनोज श्रेष्ठ रहनु भएको छ | त्यस्तै सचिवमा पाष्टर जोन राई साम्सोङ, कोषाध्यक्षमा पाष्टर मनि विश्वा रहनु भएको छ | सदस्यहरुमा पाष्टर कर्ण तिरवा, पाष्टर पिटर ईन्दु आचार्य, पाष्टर माईकल मगर र कोअर्डिनेटरहरु: युवा, महिला, बालबालिका, संचार र संगित, मुल कार्य समितीले चयन गर्ने छ।
तस्बिरहरु: राजेन्द्र सेन्चुरी