डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध।



डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध। 

डा. केसीको सत्याग्रह अभियानलाई नजिकबाट नियालीरहनु भएका सबै न्याप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, 

तीन करोड नेपालीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मागहरु सहित डा.केसीले निस्वार्थ आमरण अनसन बसेको पनि नौ दिन भैसक्यो। तर निर्लज्ज र शर्महिन शासकहरु एवं सासंदहरु व्यक्तीगत स्वार्थबाट प्रेरित भै विवेकलाई बन्घक राखेर थाहा नपाएको झै नाटक गर्दैआएको हामीले देखिरहेका छौ। 

त्यसैले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थनमा एक्यबद्दता जनाउन हामीहरु यस डिसी मेट्रो क्षेत्रका नेपालीहरु सिग्नल हिल पार्क मनाससमा आज १९ तारिख साँझ ६ बजे भेला हुन अनुरोध गर्दछौ। यस क्षेत्रका सामाजिक एवं अन्य संस्थाहरुले संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गरेका छौ। 

आउनुहोस्-डा. केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहलाई समर्थन गरौ! सरकार र संसदको ध्यानाकर्षणका लागि दबाब दिऔं। 

स्थान: 3900 Signal View Dr Manassas VA
मिति र समय: १९ जुलाई २०१६ , ठीक ६ बजे साँझ। 

थप जानकारीका लागि सम्पर्क: 
ददी ढुंगाना-571-438-5499
पदमराज रेग्मी-703-317-7724
कृष्ण भण्डारी-703-505-5465