प्रधानमन्त्री ओलीबाट राजीनामा घोषणा


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा राजीनामाको घोषणा गरेका छन् । संसदमा अविश्वास प्रस्तावमा उठेका सवालबारे जवाफ दिनु अघि राष्ट्रपति निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरेका प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा राजीनामा दिएको घोषणा गरेका हुन् ।  
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकेर शीतल निवास पुगेका प्रधानमन्त्रीले संसद समबोधन अघि नै राजीनामा पेश गरेका थिए ।  मन्त्रिपरिषद् बैठकले नयाँ प्रधानमन्त्रीको बाटो खोल्नका लागि राष्ट्रपति समक्ष राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएको बताइएको छ ।
यसअघि सदनमा एमाले नेता माधव नेपाल र बामदेव गौतम तथा झलनाथ खनालले राजीनामा दिनु नै उपयुक्त हुने बताएपछि ओली झ्न दबाबमा परेका थिए । नभए उनले अविश्वास प्रस्तावको डटेर सामना गर्ने रणनीति लिएका थिए । 
मन्त्रिपरिषद् बैठकले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउको आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेसंगै प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान लगाइएको थियो ।  
प्रधानमन्त्री ओली गएको असोज २४ गते भएको निर्वाचनमा दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्री निर्वाचित भएका थिए ।