प्रचण्डलाई ओलीको प्रश्नैप्रश्न


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बैठक अवधिभर प्रश्नैप्रश्न सोधेर आफूलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डलाई नाजवाफ त बनाए नै, त्यो सँगै एमाले सरकारमा नजाने र सबल प्रतिपक्षको भूमिका निभाउने फैसला पनि सुनाएका थिए।

दाहाल राष्ट्रपतिबाट भएको सहमतीय सरकार निर्माणयको सन्दर्भमा  आफ्नो नेतृत्वको सरकामा सामेल हुने निमन्त्रणासहित प्रधानमन्त्री तथा एमाले अध्यक्षसँग भेट गर्न शनिबार बालुवाटार पुगेका थिए।

‘भेटमा प्रधानमन्त्रीले के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि दाहालले राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा  बताएका थिए ।

 त्यसपछि प्रधानमन्त्रीले राष्ट्रि सहमतिको सरकारको बारेमा  तपाईँको दल र तपाईँसँग सहकार्य गर्न खोज्ने कांग्रेसको धारणा के हो भनी प्रश्न गरेका थिए, प्रधानमन्त्रीका प्रेस सल्लाहालकार प्रमोद दाहालले भने,‘ के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा उभिएको हो ?

यदि कांग्रेस राष्ट्रिय सहमतिको पक्षमा उभिएको हो भने पहिला उसको धारणा प्रष्ट पार्नुपर्छ।’ अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ |