'खुसि भाछ मेरो रातो सारी' धमाकेदार तीज भिडियो


गायीका सहिमा श्रेष्ठले यो साल पनि आफ्नो धमाकेदार तीज भिडियो लिएर आएकी छन् |

'खुसि भाछ मेरो रातो सारी' बोलको तीज भाका शान्ति प्रियेले रचना गरेका हुन् भने दिपक शर्माले संगीत भरेका हुन् |

सुदिप सगरले अरेन्ज भरेको यो तीज भाकाको भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् | शिवराम श्रेष्ठले क्यामेराको काम गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ |

भिडियोमा गायीका नै मोडेलका रुपमा देखिएकी छन् | उनलाई सिंगार्ने काम नन्दा अधिकारीले गरेकी छन् | गायीका सहिमाले हरेक साल तीजमा तीज भिडियो ल्याउने गरेकी छन् | येसैको निरन्तरतामा यो तीज भिडियो आएको र दर्शक श्रोतालाई यो भिडियोले पूर्ण मनोरंजन दिने कुरामा गायीका सहिमा ढुक्क भएको द नेपाल टुडेसंगको भेटमा बताईन |



,