जापानमा नेपाल फेस्टिवल, प्रचार प्रसार तिव्र


बिश्वबन्धु भण्डारी 
जापान

अतिथी देवो भव भन्ने मुल नाराका साथ यही अगस्त ६ र ७ तारिख योयोगी पार्कमा सम्पन्न हुन लागेको नेपाल फेस्टिवल २०१६ को प्रचारप्रसार तिव्र बन्दै गएको छ  |

गैर-आवासीय  नेपाली संघ एनआरएनए जापानको आयोजना तथा नेपाली राजदुताबास टोकियो तथा पररास्ट्र मन्त्रालय जापानको बिशेष सहयोग र जापानस्थित सक्रिय सम्पूर्ण संघ संस्थाहरुको सहभागितामा हुने नेपाल फेस्टिवलले नेपालको आर्थिक विकासमा टेवा पुग्ने आकलन गरिएको छ ।

यस वेला जापानमा रहेका नेपालीहरु नेपाल फेस्टिवल कसरी भब्य रुपमा सफल बनाउने भन्नेमा दिनहुँ प्रचारप्रसार ,भेटघाट ,बैठकमा जुटेका छन् ।

जापानको मुख्य शहर टोकियो ,ओकुबो , सेन्दाई सिनओकुबो , शिन्जुकु , योचुया ,कामता ,योकोहामा साथै नागोया ,ओसाका,गुम्मा केन ,फुकाओका लगायतको ठाउँहरुमा यस बेला नेपाल फेस्टिवलको प्रचारप्रसार भैरहेको छ ।

जापानमा संचालित नेपाली ,इंडियन सम्पुर्ण रेस्ट्ररेण्टमा पम्पलेट ,प्रर्चा जताततै नेपाल फेस्टिवलको माहोल छ । नेपाली विद्यार्थी ,कुक ,ब्यवसायहरूले नेपाल फेस्टिवलमा आउनुस भनेर नेपाली, जापानि र अन्य देशका नागरिकहरुलाई पनि निम्तो दिएका छन् ।जापानको कलेजहरुमा पनि चिरासि ,पम्पलेट लगेर सबै जापानीजलाई निम्ता गरेका छन्, नेपाल फेस्टिवलको प्रचारप्रसार अभियान यो जुलाई महिना भरी हुने एनआरएन जापानले जमाएको छ |

प्रचारप्रसारका लागिनै एनआरएन जापानले आफ्नो फेसवुकपेजमा यस्तो लेख्दै प्रचारका लागि सवैलाई अपील गरेको छ
नेपाल फेस्टिवल २०१६ ' को वृहत प्रचार प्रसार कार्यक्रममा सहभागीताको लागी विनम्र अनुरोध :

✍सम्पुर्ण जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक नमस्कार । 

हामी सम्पुर्ण जापानवासी नेपालीहरुको साझा चाड अतिथि देवो  भव : भन्ने मूल नाराका साथ एनआरएन जापान र जापानवासी नेपालीहरूको सहकार्यमा हुने ' नेपाल फेस्टिवल २०१६ ' अगस्त ६ र ७ दैनिक नजिकिदै छ । यस बिचमा हामिले जती धेरै जापानीहरुलाई निमन्त्रणा गर्न सक्यौ , जती धेरै उनिहरु हाम्रो यस कार्य्रक्रममा आए यस कार्यक्रमको औचित्य पनि हुनेछ । त्यसैले हामी सबैले आफ्नो ठाउबाट सक्दो रुपमा प्रचार प्रसार अभियानमा सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ । हजुर हामी सबैले गर्दा नै पक्कै कार्यक्रम भव्य अनि सभ्य हुनेछ । 

वृहत प्रचार प्रसारको लागी निम्न मिती , समय र स्थानमा सहभागी भै  ' नेपाल फेस्टिवल २०१६ ' को प्रचार प्रसारमा सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ । कार्यक्रममा आउदा नेपाली पहिरनमा आऊनु भयो भने अझ सुनमा सुगन्ध हुनेछ ।

मिती : यही आउदो आइतवार ( जुलाई १७ तारीख़  ) 
स्थान : सिन्जुकु , हाराजुकु , सिबुया , गोतान्दा , सिनागावा , इकेबुकुरो ( आफुलाई पायक पर्ने स्थानमा पनि प्रचार प्रसार गर्न सक्नु हुने छ । ) 
समय : दिनको ठिक ४:३० बजे ( आफुलाई मिल्ने समयमा पनि गर्न सक्नु हुनेछ ।) 
सम्पर्क : 
🔹सन्तोष चोखाल - 080 9820 4870 
🔸दीपक बाबु नेपाल - 080 4095 7101 
🔹चेतन पौडेल - 080 6874 9751

(अन्य विविध जानकारीको लागी एनआरएन जापानको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ |)