प्रसन्न निर्देशित नयाँ गीत हल्का हल्का बजारमा (भिडियो सहित)



नेपाली रंग संसारमा नया नया अनुहारलाई सधै भित्राउन खप्पीस एउटा नाम छ, जो आफु जहा गएपनि जता वसेपनि काम गर्ने शैली र त्यही अनुसारको माइक्रो म्यानेजमेन्ट गर्न सक्ने क्षमता राख्छ, त्यो हो डाइरेक्टर -प्रसन्न पौडेल । केकी अधिकारी, प्रियंका कार्की, विमलेश अधिकारी, रीमा विश्वकर्मा, वेनीसा हमाल, आदी अनगीन्ती  । नेपाली गाएनको क्षेत्रमा पनि नयालाई प्रोत्साहन र सही स्थान दिएर प्रसन्नले आफनो खुवी प्रस्तुत गरीसकेका छन ।

प्रसन्नको प्रसंग यतिवेला एउटा नया गीतलाई लिएर भएको छ । गीतको बोल हो -हल्का हल्का... । आशा लाग्दा नव कलाकारहरु नेपाली इन्डस्ट्रीमा जन्मनु पर्छ र जस्तो अवस्थामा पनि अगाडी ल्यउनुपर्छ ।  हुन त हरेक वर्ष अनेक नया नया अनुहार सहित नया कलाकारको जन्म हुन्छ केही इन्डस्ट्रीको लागी जन्मीन्छन त केही आफनो इच्छाको लागी  । यसै क्रमलाइ निरन्तरता दीदै एउटी नया कलाकारको आगमन भएको छ पृथक आवाज सहित गायीका श्रेषा कुवर ।

श्रेषाको नाम नया भए पनी र उनको काम कुनै प्रोफेसनल कलाकारको भन्दा कम छैन । उनको गायकी राम्रो छ झनै एक्टीन त कुरै नगरौ । यो भनाइ र लेखाइ मात्र हैन यो अनुभुती सवैले गर्न सक्छन उनको नया गीत हल्का हल्का वाट....... । यस गीतमा आनन्द अधिकारीका शब्द र शिखर सन्तोषको संगीत रहेको छ र भिडीयोमा अहिलेका चर्चीत मोडेल पल साहले श्रेषा संग स्क्रीन रोमान्स गरेका छन । विदुर पाण्डेको छायांकन टेकेन्द्र साहको सम्पादन रहेको यस गीतलाई निर्देशन गरेका छन नेपाली म्युजीक भिडीयोका वादशाह डाइरेक्टर प्रसन्न पौडेलले ।

श्रेषा कुवर गायक तथा संगीतकार तुला पर्वतकी छोरी हुन छोरीको कलालाइ प्रोत्साहन गर्दै तुला भन्छन "खुसी लाग्छ जव सवैले श्रेषाको स्वर र अभिनयलाइ मनपराइदिएकोमा ।" उता डाइरेक्टर प्रसन्न पौडेल हाल अमेरीकामा भिडीयो मेकींगमा निकै ब्यस्त रहेका छन । प्रसन्न भन्छन "पहिलो चोटी स्वर सुने मन परयो अनि शीखर सन्तोष जी र आनन्द अधिकारी दाइलाई मोवाइलमा खिचेको भिडीयो सेयर गरे अनि सबैलाइ मन परेपछि जन्मीयो हल्का हल्का ।" नया कलाकार जन्माउने लीस्टमा निकै अब्वल ठानीन्छन प्रसन्न पौडेल ।

अमेरीकाको वसाइसंगै पनि केही कलाकारहरु स्थापीत गर्न सफल भए प्रसन्न । अष्ट्रेलीयामा वस्दै आएका गायक समीर आचार्य र अमेरीकाकी गायीका निक्की कार्कीको सफल सांगीतीक जोडी वनाउन सफल भएका हुन -प्रसन्न । "अझै केही कलाकारहरु आउने क्रम जारी छ" प्रसन्न भन्छन। टेक्सस की निक्की पाण्डे, अस्टीनकी सिमा जोसी, वाल्टीमोरकी शान्ती गुरुङ, न्युयोर्कका इसान ढकाल, नर्थ क्यारोलीनाकी प्राप्ती गीरी लगायत धेरै कलाकारहरु नेपाली इन्डट्रीमा जन्मदै छन ।

 प्रसन्नको यो यात्रा अनबरत अगाडी वढोस र नया नया आवाजहरु र नया नया अनुहारहरु संभावना बोकेर आइनैरहुन सायद धेरै कलाकारको यहि शुभकामना होला।

,