'सानी छु म, डल्ली छु म' को म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)


अमेरिकामा छायांकन अघिल्लो महिना छायांकन भएको म्युजिक भिडियो सार्बजनिक भएको छ | यो भिडियोमा कलाकार प्रवेश उप्रेती र दिपक ज्ञवालीको साथमा  नेपाली रंगमंचकी हट नायिका नन्दिता के सी को धमाकापूर्ण अभिनय रहेको छ |

चर्चित निर्देशक प्रसन्न पौडेलको निर्देशन रहेको यो म्युजिक भिडियोको छायांकन गरेका हुन् चर्चित क्यामराम्यान मोक्तानले | मनदीप केशरी अर्यालको शब्दलाई  गायिका दिक्षा ज्ञवालीले आफैले संगीत भरेकी हुन् | म्युजिक भिडियोको सम्पादन सुबास अर्यालले साथै धिरज श्रेष्ठले एरेन्ज गरेका हुन् |

अमेरिकाको भ्रमणमा रहेकी नायिका नन्दिता के.सीले न्यु योर्क बसाईका क्रममा यो भिडियोमा अभिनय गरेकी थिइन् |

नेपालमा रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियो न्यु योर्कमा तयार भएको हो |

गायिका दिक्षा ज्ञवालीले गाएको गीत 'सानी छु म डल्ली छु म' मा एउटी नव युबतिको काल्पनिक भावनाहरु छन् |

 न्यु योर्क र कनेक्टिकटका बिभिन्न स्थानमामा दुई दिनसम्म छायांकन गरिएको हो |

मनदीप केशरी अर्यालको शब्दलाई  गायिका दिक्षा ज्ञवालीले आफैले संगीत भरेकी हुन् | झन्डै दुई हप्तामा सार्बजनिक हुने यो भिडियोको एरेन्जर धिरज श्रेष्ठले एरेन्ज गरेका हुन् |

भिडियो हेरौं 

,