गायक रामकृष्ण ढकालको १५औँ एल्बम 'आवरण' को गीत 'तिमी आएनौ...' को प्रिमियर सम्पन्न

तस्बिर: रामकृष्णको फेसबुकबाट 
गायक रामकृष्ण ढकालको नयाँ एल्बम 'आवरण' मा रहेको एउटा गीत 'तिमी आएनौ...' को काठमाडौँमा एक कार्यक्रमका बीच प्रिमियर गरिएको छ | यो उनको १५औँ गीति एल्बम हो |

कार्यक्रममा आवरणमा समाबेश केहि गीतहरुका भिडियो तथा प्रोमोहरु सार्वजनिक गरिएको थियो |

गीति एल्बममा ११ वटा गीत समावेश छन। गीतकारहरु मनिष वशिष्ठ, उत्तम संजेल, रमेश बिजी, आनन्द अधिकारी, बिनोद बन्जारा, एकनारायण भण्डारी, डा.आश बहादुर तामाङ, देवेन गीरी र प्रज्जवल शमंशेर जबराले  शब्द रचना गरेका हुन्।

यो एल्बममा हरि लम्साल, न्यु बज्राचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेलको संगीत रहेको छ।

‘तिमी आएनौ’ गीतमा गायक ढकाललाई गायिका सञ्जिवनीले गायनमा साथ दिएकी छिन् । यो भिडियोमा मोडल मञ्चिन शाक्य तथा रामकृष्णकी धर्मपत्नी निलम ढकालले अभिनय गरेकी छिन् । निकेश खड्काद्वारा निर्देशित यो भिडियोका छायांकार अर्जुन तिवारी हुन् ।

एल्बमका अधिकांश गीतहरुले बिगतका गीतहरुले जस्तै  प्रेम, बिछोड र आँशु, हासोका बिषयलाई समेटेको गायक ढकाल बताए । "बिगतका हरेक एल्बमलाई श्रोता दर्शकले अपार माया गर्नु भएको थियो, यसपटक पनि त्यही माया पाउने कुरामा विश्वस्त छु |" ढकालले द नेपाल टुडेसंग भने |

विन्ध्यवासिनी म्यूजिकले एल्बमलाई बजारमा ल्याउनेछ । समारोहमा बोल्दै गायक ढकालले एल्बमको विक्रिबाट संकलन भएको रोयल्टी रकम नेपाल प्रहरीको नागरिक अभियान नेपालमार्फत् बालबालिकाका लागि सहयोग गर्ने घोषणा गरे ।


,