प्रिय धनमाया ! देश छाडेर प्रदेश किन रोज्यौ ?

कृष्ण अधिकारी 

-कृष्ण अधिकारी 

(शुरु मै माफी चाहे  ! जातीय विभेदलाइ प्रोत्साहन गर्न खोजेको होइन यो पत्रले | मात्र एउटा नया परिवर्तनको प्रयास गर्दा गर्दै हारेको देशप्रेमी एउटा युवाको आवाज भनि सकारात्मक रुपमा लिइदिनुहुन बिनम्र अनुरोध गर्दछु |)

प्रिय धनमाया,
असिम मायाका बाढीहरुले बगाउन चाहेको छु तिमीलाई यो अवस्थामा आइपुग्दासम्ममा पनि जबकी ति भेलहरुलाइ मेरा बसमा राख्ने सामर्थ्य अब ममा रहेन, छैन |

हुन त दिनहु जसो हुने फेसबुकको हाम्रो बातचितले त्यो र यो कुरालाइ झुटो साबित गरिदिन्छ, जसनुरूप मेरो यो पत्रको औचित्य नै रहन्न | तैपनि मन भरिका सपना र रहरहरुका साथै भरिएर छताछुल्ल हुन आटेका ति कुण्ठाहरु अन्तत:पोखिएरै छाडे |

जिन्दगिको उत्तरार्धमा तिमीसंग बिताउन भनी बुनेका सपनाका पुष्पगुच्छाहरु अकस्मात आज चुडिएको भान भएको छ | हुन् त हिजो हाम्रो भेट एउटा अकल्पनी थियो जसले गर्दा आज यो पत्र लेख्नुलाइ बाध्य बनायो | मलाई अझै याद छ,  त्यस रात काठमान्डूबाट फर्किएको त्यो रात्रि बस, जसमा मध्यरातको त्यो प्रहरमा नवलपरासीको सैनामैना क्याम्पबाट फर्केको बताउने तिमीसंग भेट भएको थियो | एउटा संयोग नै भनौ तिमीले अरु सिट खालि हुदाहुदै पनि खुट्टा खोच्याउदै मेरै छेउको सिटलाइ अपनाएकी थियौ | त्यो नै हाम्रो सम्बन्धको श्री गणेश भएको एउटा अविस्मरणीय़ क्षण हुन थियो |

 हामी दुवै कुन अवस्था र समाजबाट आएका हौ तिमीलाइ अबगत नै छ | अझै बिगतलाइ मैले कोट्याउन जरुरि ठान्दिन किनकि, हिजो तराइकि धनमाया थारुसंग सच्चा प्रेम गर्ने गाउको म बाहुनले पहिले नै मनन गर्नु पर्दथ्यो! जति आवस्यक थियो त्यो हामी दुबैले नगरेका पनि होइनौ | हिजो संयुक्त रास्ट्रसंघ अनुगमनको अन्तिम छानबिनमा अपांगताले बाहिरिएको बताउने तिमी मावोबादी छापामारबाट कसरी मेरी प्रिय बन्न आइपुगयेउ त्यो म कुनै एउटा पनि मस्तिस्कमा कैद गर्न सकिन|
त्यसैले अहिले तिनै कुरा कैद नगरेको पश्चाताप लागिरहेछ|

तिमी र तिम्रो देश प्रेमलाइ कसरि टुक्रा पारिएको थियो ? युद्धकालको अन्तिम ४ वर्ष सर्बहारा बर्गको उन्मुक्तिका लागि बन्दुक बोकेकी र लडेकी तिमी, आफ्नो र हजारौ छापामारको लडाइको औचित्य समाप्त भएको बताउने तिमी, युद्धको नेतृत्व पंक्तिमा खोट लगाउने तिमी र आफ्नै युद्ध र त्यसका सिद्दान्तको आलोचना गर्ने तिमी, अचम्म लागिरहेछ खै कहाँ गयो देशप्रेम र देशलाई माया गर्ने त्यो धनमाया जो मेरो पनि प्रिय थिई |

साच्चै भनु त तिम्रो देशप्रेम र स्पस्ट विचारधारा नै हो मैले तिमीलाई मन पराउनुको मुख्य कारण | नहोस पनि कसरी ! कम्युनिष्ट पारिवारिक पृष्ठभूमिबाट आएको म अनि कम्युनिष्ट नेतृत्वमा युद्ध लडेकी तिमी कसरी हाम्रो बिचार नमिल्न सक्छ ? हिजो देश मेरो हो भन्ने तिम्रो बिचार जुन मेरो तिमीप्रतिको आकर्षणको पहिलो आधार थियो, त्यो आधार आज भताभुङ्ग भएको भएको छ | किनकि तिमीले देश छोडेर थरुहट र मदेशलाइ आफ्नो भनिछौ | तिम्रो नजरमा घृणित नेत्रत्वले रोजेको अस्वभाविक जातीय स्वायत्त राज्यसंग मात्रै तिम्रो त्यो बिशाल हृदय साट्न पुगिछौ | थाहा छैन किन ?

सिंगो र सुन्दर राज्यलाइ नै बाँड्न पुगेको तिम्रो त्यो प्रेम आज खै कुन दलालले मसिनो रकममा किनिदिएछ ? लागेको थिएन तिम्रो कुनै मूल्य चुकाउने हैसियत नै राख्छ यो राष्ट्रले ! तिमीलाई त मैले एउटा अर्को जंगे पिल्लर ठानेको थिएँ | एउटा निर्जीव जंगे पिल्लर सेना लगाएर सारिएको सुनेको र देखेको हो | तर यो सजिव जंगे पिल्लर कुन मूल्य चुकाएर सारियो मैले सोच्न सकेको छैन | जसका कारण ति पिल्लरहरु टुट्नबाट बचाउन तयार पारिएका अर्का थम्बाहरु ढल्न पुगे | फलस्वरूप, हिजो हामी गर्बले छाती फुलाएर यौटै आवजमा भनेका थियौ हाम्रो देश, तर आज त्यहि गर्बले फुलेको छाती बादलिएर बर्सिरहेको छ मेरो राष्ट्र मेरो धर्तिको हरेक सुस्क कुनालाइ विझीप्त रुझाउनेगरी |

हुन त हाम्रो प्रेम एउटा कम्नियुस्ट पृष्ठबाटै जन्मेको हो, त्यसैले हाम्रो सम्बन्ध सफल बनाउन पुज्य पिताज्युलाइ कम्नियुस्टको महान नेताको झुटो खोल ओडाएर भवितव्यमा सम्मानको झुटो आस्वासन दिदै स्वीकृत पनि गराएको थिए |
त्यो दिन तिमीले संगै रात बिताउने प्रस्ताव गरेकी थियौ अपबाद त्यो पुरा हुन सकेन | तर आज मलाई कुनै पश्चाताप छैन ! किनकि म जुन धनमाया थारुलाइ प्रेम गर्दथे जसले म र मभन्दा माथि मेरो र हाम्रो राष्ट्रलाइ प्रेम गर्दथी, साच्चै उ त् मरिसकेकी छ (होइन उ बिकाउ भैसकेकी छ) |

तिमी त पारिका ठाकुरकी कामदार परिछौ, जसले नुनको सोझो गर्नुपर्छ हिजो देस र जनताको लागि मर्छु भन्ने धनमाया आज किल्ला पारिका ठाकुरको स्वार्थको लागि मर्नै पर्छ| भो धनमाया अब तिम्रो देशद्रोही प्रेम र साथ चाहिदैन सबै कुरा नमिल्दा-नमिल्दै पनि मिलाएको हाम्रो सम्बन्ध समान विचार बिना कसरी सम्भब होला र खै ?

तिम्रो देश प्रेम र कम्नियुस्ट विचार देखेर सहमति दिनुभएका पुज्य मेरो कम्नियुस्ट पिताज्यु अब मान्ने अवस्थामा हुनुहुन्न, किनकि अब तिमीसंग त्यस्तो कुनै योग्यता बाकि छैन  मेरो पुज्य पिताज्युकी बुहारी बन्न | किनकि तिमी साच्चै तिमि पूर्ण राजकीय महल छोडेर डेरा खोज्दैछौ |

अब कुनै औचित्य रहेन धनमाया यो हाम्रो सम्बन्धको जुन सम्बन्धको सुरुवात हाम्रो साझा देशप्रेमले गराएको थियो | आज त्यहि देशप्रेमनै तिमीमा छैन भने तिमीसंग मात्रै जिबन बिताउन सकुला र मैले ? किनकि तिमी त्यही धनमाया हौ जसको हिजो कुनै मूल्य गर्न सक्दिनथे, आज कुनै मोल नै रहेन तिम्रो !

म पनि त्यही एउटा पिडित बाहुन हु धनमाया जसलाई तिमी स्वार्थि बाहुनकै उपदेसमा दुस्मन मान्ने गर्छौ  |

हो म उनीहरुकै आफन्त हु जुन खम्बाहरु केहि महिना अघि कैलालीमा तिम्ले नै ढालेकी थियौ, मदेश आन्दोलनका क्रममा | हो म त्यही  बिद्यार्थी भाइहरुको दाइ हु, जो संयुक्त मोर्चाको आन्दोलनमा टाउको र आखा  फूटादिएका थियौ, मेरी भाउजु र भतिज थिए त्यो एम्बुलेन्समा जुन तिमीहरुले नै फोडेर अस्पताल जान दिएनौ, हो म त्यही दशनंग्रा खियाएर बाचेको बाहुनको छोरा हु, जसलाई तिमी दमनकारी भन्दैछु |

अन्त्यमा, मलाई माफ गरिदिनु किनकी हाम्रो देशप्रेमले गासेको यो सम्बन्धलाइ आज देशप्रेमले नै फाटिदिएको छ | किनभने,  म बाहुनभन्दा पहिले नेपाली भन्न रुचाउछु, तर अपसोच नेपाली बिर्सिएर बाहुनकै आडमा बाहुनलाइ नै दुस्मन बनाइदियौ | तिमीले मलाई अब भन म कसरी जानाजान दुस्मन मानिएर सम्बन्ध गास्न सक्छु र ?

आज असो भनिरहदा मलाई कत्ति दुख छैन, किनभने मेरी धनमाया त त्यसै दिन सहिद भएकी हो जुन दिन उसले डेरा रोजेकी थिई, स्वाभिमानको राजकीय महल छोडेर |

म त्यही धनमाया थारुलाइ प्रेम गरिरहनेछु, जसले सिंगो देशलाई प्रेम गर्दथी नकि एउटा प्रदेशलाइ... |

उही तिम्रो  भूपू प्रेमी
दुस्मन मानिएको बाहुन

,