सरकारका काममा माधब नेपालको असन्तुष्टि संसद मै ब्यक्त


काठमाडौं :  नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले संविधानसभाका उपलब्धिलाई समाप्त पार्दै देशमा एक जटिल अवस्थामा लाने खेल भइरहेको बताएका छन् । २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन नगर्ने षड्यन्त्र भैरहेको उनको भनाई छ ।

संसदमा प्रस्तुत अविश्वास प्रस्तावमाथिको छलफलमा दोस्रो दिन शनिबार बोल्दै नेता नेपालले नेपालले नेपाली नेता तथा दलमा समग्र राष्ट्रलाई कसरी अगाडि लाने भन्दा पनि आफ्नो दलगत तथा व्यक्तिगत स्वार्थबाट अगाडि बढ्न नसकेको दाबी गरे । उनले भने, ‘संविधानसभाका उपलब्धिलाई समाप्त पार्दै देशमा एक जटिल अवस्थामा लाने खेल भैरहेको छ। २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन नगर्ने षड्यन्त्र भैरहेको छ। देशलाई आर्थिक गती दिन र संविधान कार्यान्वयनकालागि सबैमा आपसी सहमतिको खाँचो रहेको छ।’

नौ महिना आफै संलग्न भएको सरकारले केही पनि गरेको छैन भन्दै माओवादीले अविश्वास प्रस्ताव ल्याउनु गलत भएको उनले बताए । माओवादीको यो निर्णय निर्णय हतास र दुर्भाग्यपूर्ण भएको उनको भनाई छ । उनले भने, ‘अहिलेको सरकारले केही गरेन भन्नु भन्दा पनि सरकारमा रहेर पनि हामीले केही गर्न सकेनौं भनेर आत्म समिक्षा गर्नुपर्छ। बजेट,  सरकारको नीति तथा कार्यक्रम देशको हितमा भएपनि दलगत स्वार्थका कारण असफल बनाइएको छ।’

देश डुब्न लाग्यो यो देश बचाउने माझी केही भएन ?

नेता पार्टीहरु अहिले गुटमा परिवर्तन भइरहेको समेत बताए । उनले भने,यो देश डुब्न लाग्यो यो देश बचाउने माझी चाहिएको छ। अहिले जनताले त्यस्तो मानिस पाइरहेका छैनन्। आफ्नो बारेमा सोच्ने मानिस होलान्। अहिले यहाँ नेता होइन पार्टी पनि छैन। म भन्छु, खेलकुद परिषद्मा एमाले पनि होइन । भएको भए चित्त बुझाउँथे। त्यहा गुट छ। कुनै पनि देश, पार्टी संस्थागत रुपमा चलेको छैन। नेपालको स्वाभिमान उठाउने र अन्तर्राष्टिय क्षेत्रमा मुलुकको छवि विस्तार गर्ने काममा सबै जुट्नुपर्ने आवश्यकता औल्याउँदै नेता नेपालले संविधानको रक्षा र कार्यान्वयनका लागि राजनीतिक निर्णयका आधारमा अघि बढ्न पर्ने बताए ।

मुलुक बनाउने, प्रणालीमा लैजाने काममा सबै बीच सहमति कायम गरेर अघि बढाउनुपर्ने आवश्यकता बताउँदै नेता नेपालले नियुक्ति, सरुवा, बढुवा, ठेक्काप्रणालीलाई विधि र प्रक्रियामा लैजान सबैबाट प्रतिवद्धता आउन जरुरी रहेको बताए । ‘एकअर्काको चिन्ता, भावना बुझनसक्ने हो भने देश र जनतालाई मिलनविन्दुमा राखेर काम गर्ने भए असम्भव केही पनि छैन, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा रहेर काम गर्न आवश्यक छ’  उनले भने । नेपालले ओली सरकारप्रति केही असन्तुष्टी  समेत पोखे  । भने, ‘सरकार सबैलाई समेटेर अगाडि बढ्न सकेन, तर त्यसलाई मिलाएर लैजानु पथ्र्यो र सरकार त्यो दिशामा अगाडि बढिरहेको थियो ।’

प्रचण्डले नाम लिदा खुसी लाग्यो
नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा बोल्ने क्रममा आफ्नो नाम लिएकोमा खुसी पनि प्रकट गरे । उनले भने, ‘हिजो प्रचण्डले मेरो नाम लिँदा खुसी लाग्यो। मानिसलाई अरु केही चाहिँदैन। उसले गरेको भूमिकाको चर्चा गरे प्रशंसा गरे पनि पुग्छ। हिजो मनमोहनको पालामा मैले परराष्ट्रको तर्फबाट भारतमा गरेको सहमतिको चर्चा भएन। म आफैं प्रम भएपछि गरेको कामको कुनै चर्चा नगरी अहिलेको मात्रै एमालेको सरकार राम्रो हो अरु बनेको थिएन भन्ने आयो।’