अमेरिकाको भर्जिनियामा नेपाली चलचित्र ड्रिम्सको च्यारिटी शो हुने

अमेरिका, भर्जिनिया
जुलाई,२५

अमेरिकाको भर्जिनियामा नेपाली चलचित्र ड्रिम्सको च्यारिटी शो हुने भएको छ | प्रदर्शनीका क्रममा उक्त चलचित्रका नायक अनमोल के.सी र सुपरस्टार भुवन के.सी पनि उपस्थित हुनेछन |

"नायक अनमोल के.सी र सुपरस्टार भुवन के.सी.संगै बसेर चलचित्र हेर्ने यो अवसर नछुटाउनु होला |" आयोजक सरोज के.सीले द नेपाल टुडेसंग भने | उक्त प्रदर्शनीको केहि अंश द नेपाल टुडे र इनेप्लिज डटकमले प्रत्यक्ष गर्ने पनि जनाईएको छ |

उक्त शोबाट उठेको  रकम खर्च कटाएर केहि प्रतिशत काठमाडौँको जोरपाटिको एउटा अनाथालयलाई  हस्तान्तरण गरिने छ " सरोजले भने |

टिकट र प्रदर्शनी स्थल यसप्रकार रहेको छ |

31st July SUNDAY 2:00pm. Venue: (Loehmann's)7291Arlington Blvd. FALLS CHURCH USA VA.LIVE

 मात्र $15 टिकटका लागि (571) 529-3507 RAJ /(703) 949-1061Dipen / (703) 321-6914 Prasanna.SAAROJ KC



















,