सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो सार्बजनिक (भिडियो सहित)



श्रीकृष्ण भट्टराई 

माथि माथि डांडा पाखा बोलको सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो उनको यूटुब चैनलबाट सार्बजनिक भएको छ |

सधै माया प्रेम र बिछोडका गीत गाउने सहिमाले यसपल्ट राष्ट्रीय गीत लिएर आएकी हुन | दीपक शर्मा को सब्द संगीत रहेको गीत सहिमा को आउदै गरेको चौथो एल्बम स्वर्गमा समाबेश रहनेछ |

धेरैजसो भिडियो को शूट बिदेश मा गर्ने गरेकी सहिमाले यो भिडियो भने गीतको माग अनुसार नै नेपालका डांडा पाखामा शूट गरेकी छन |

भिडियो लाई गंविर बिस्टले निर्देशन गरेका छन |भिडियो को सफलताको कामना हाम्रो तर्फबाट गायिका सहिमालाई |




,