सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’ सार्वजनिक (भिडियो सहित)



श्रीकृष्ण भट्टराई
 गायिका सहिमा श्रेष्ठको तीज गीत ‘तीजको बेलामा नौरंगी सारी’ को भिडियो सार्वजनिक भएको छ ।

विना म्युजिक प्रा.लिको उत्पादनमा बनेको म्युजिक भिडियोको  युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो ।

गीतकार नैनासिंह राईको शब्दमा तयार भएको सो गीतमा संगीत भने टिका भण्डारीले दिएका छन् ।

इन्द्र भण्डारीको निर्देशनमा निर्माण गरिएको यो तीज गीतको छायांकन जापानमा गरिएको हो ।

जापानमा रहेका नेपाली महिलाहरुले गायिका सहिमा श्रेष्ठ सहितले तीजको गीतमा अभिनय गरेका छन् । म्युजिक भिडियो निर्माणमा क्यामरामेन असिम बस्नेत र  नविन निउरे तथा निउरे परिवारको समेत भूमिका रहेको छ ।

,