उसले छोडेर गई (कथा) -माधव कुमार ढुगेंल



असइ साब नमस्कार ! म बल बहादुर जैसी रिपोर्ट लेखाउन आको हजुर !

किन के भो र ?

 मेरो श्रीमती हराइ खोजिदिनु पर्यो हजुर !

कस्तो रंगको थ्यो ?

मेरो श्रीमती (बुडि )हराएको हो हजुर खसी हैन ।

ए ए माफ गर्नु होला | म त आज भोलि गाउँ मा बाख्रा हरायो भन्ने कुरा बढेको छ, तै भर हो कि जस्तो लग्यो नि ! अनि कैले बाट हराएको नि श्रीमती  चै !

खै हजुर ३, ४ महिना देखि नै घरमा छैन भन्छन, म आको त १ मैना भयो तर सम्पर्कमा छैन कहाँ गै केहि पत्ता पाको होइन ।
ऊम्.....ल

       केहि फोटोहरु क्यै छ ।  कि अर्कैसंग पोइला गको त होइन ? असईको अर्को शंका |

पोइला नै त गकी होला नि, जान पनि कसरि सकेकी फुलको कोपिला जस्तो, चियाको मुना जस्तो कलिला ९ वर्ष कि छोरी र ५ बर्षको छोरो छोडेर ।
असाइ साब त्यो त गै त्यो सँगै  सबै सपना पनि खरानी बनाएर गै, छोरा छोरीलाई राम्रो स्कुलमा पढ़ाउला ठुलो मान्छे बनाउला एउटा सानो घर बनाउला दुख सुख तै गुजारा गरौला भनि तेत्रो दुख गरे कतारको तातो मरभुमिमा | सबै सपना पनि जलाएर गै |  कोसँग मस्ती गर्दै होली भेटे भने मैले जानेको थे |
सर यै हो मोरीको फोटो जसरि भएपनि खोजिदिनु पर्यो ।
ल हुन्छ अहिले तपाई जानुहोस कै कुरा पत्ता लग्यो भने खबर गरछौ ।
हवस् नमस्कार !!!!!
     
अब जाने कहाँ होला के गर्नु होला पैसा पनि छैन घरमा बस्ने स्थिति पनि रहेन | अब तराई झर्नु पर्ला झापा तिर गएर एसो चिया पसल नै गर्नु पर्ला नानीहरु त पढाउनु पर्‍यो ।
( भोलि पल्ट बिहानै पुरानो थोत्रो भिर्ने झोला र नानीहरुको हात समाइ पाँचथरबाट झापा झर्ने गाडी मा चड्छ )
ओहो कस्तो गर्मि यो झापाको गर्मि टिक्नै सकिदैन होला | यो बैशाखको गर्मि त ऊफ्फ्फ ( एकछिन यता उति हेर्छ पहाडबाट तराई  झरेको मान्छे छोरा छोरी त्यो बिर्तामोडको कोलाहल मा अलमल्ल पर्छन )

सुनेको थे यो बिर्तामोड सहर मा ठुलो आँखा अस्पातल छ रे त्यहि आस पास चिया पसल गर्न पाए पनि गुजारा त चल्थ्यो नै होला ।
( केहि महिना पछि..........

झापा झरेको पनि आज ९ महिना भै सकेछ भगवानको कृपाले पसल पनि राम्रै चलिरहेको छ नानी हरु पडौउन पनि पुगी रहेको नै छ , ग्राहक पनि राम्रै बने पसल पनि बडाए  एक पटक सकिएको थे फेरी कै गर्छु कि भन्ने आस पनि पलायो  अब त ।  सबैले बिए गर भन्छन होस् तर गर्दिन मेरा यी नाबालकलाई टाडा बनाउन चाहन्न सौतेनी आमा  भन्छन मसँग  पनि टाडिन्छन मात्रै , फेरी आईमाईको के भर पहिलाको पसिना एउटा ले खाइ यो अर्की ले खाइ  भने झनै बिजोक ।  अब त स्त्री जाति बाट विश्वास नै हटी सक्यो ।
अहो रात धेरै भएछ नानी हरु पनि अगि निदाएछन अब म पनि सुत्नु पर्यो बिहान चाडै उठ्नु छ ।
( बिहान को ५ बजे मोबाइल को घन्टी सँगै   )
५ बजेछ अब उठेर फोहोर सफा गर्नु पर्यो अनि नुहाएर पसल खोल्छु ।
 नानीहरु पनि उठि सकेछन कि के हो , हो त रहेछ |
बाबा भोक लाग्यो , भाई  पनि उठ्यो नानी ? अ उठेर होम वोक गर्दै छ ।  लाउ यो दुध र पाउरोटी खाउ मा अब खाना बनाउछु ८ बजेछ तिमि हरु लाई रेडी पनि बनाउनु छु |स्कुलको बस आउने बेला हुन लागि सक्यो ।
बाबा कपाल बाट्दिनुन हिजो पनि नबाटी गको मिस ले गाली गर्नु भो ।
एकछिन पख है मा खाना छोपेर आउछु ।  खै भाई ? टोइलेट गको छ ।
मलाई यो कपाल बनाउनै आउँदैन , तपाईलाई त कै गर्न आउदैन बाबा  मामुले कति राम्रो बनाउनु हुन्थ्यो हजुरले त १ घण्टा मा पनि सक्नु हुन्न ।
क गरु त मलाई आउदैन नि त नानी अब तेरी मामु  कहाँ गकी हो कै पत्तो छैन त के गर्नु त ।  ( यति कै मा बाहिर बाट आवाज आउछ)
पसल मा को हुनुहुन्छ ? साउजी बाहिर  आउनु न ।
एकै छिन पर्खनु होस् है त अाइहाले , बस्दै गर्नुस है हजुर
( बाहिर कुरा कानी चल्छ )
तिमि के खाने मलाई त लास्टै बियर खान मन लागेको छ ।  तिमि लाई ?
खानु पर्यो बियर यो बिहान बिहानै कम नपाएर , म त खै खाजा खानु पर्ला हो ।
के गर्छौ त रात भर मा सबै इनर्जी सकी गो तिमि अगायोउ म भोकै हेहेहे
छि के के बोले को होला  ।
के गर्नु त धन्न तिम्रो बुड़ो ले कामएको थ्यो र मोज गर्न पाइयो ।
साउजी  कति ढिलो
आएँ  हजुर आएँ   ( बाहिर निस्कन्छ , छोरी पनि सँगै )
बाबा म गाडी हेर्छु है ।
के ल्याऊ हजुर ( सोध्न नपाउदै केटी  को मुहारमा उसको आखा पुग्छ केटी झस्किन्छे , जुरुक्क उठ्छे अनि आफ्नो सरि को फेरले मुहार छोप्न खोज्छे तर सक्दिन अनि सल खोज्छे मुख छोप्न त्यो पनि हुदैन , पेन्ट भेस्ट लगाएकी कता बाट सारी र साल पाउनु  अनि सानो पर्सले मुख ढाक्दै केटा लाई हिन भनेर बाहिर नीस्कन्छे )
मामु   छोरी कूद्दै आउछे बाबा  मामु   हेर्नुन हाम्रो मामु , छोरो पनि भित्रबाट हतार हतार गर्दै आउछ खै मामु होत मामु बाबा मेरो मामु  ।  मेरो आखा भरि आसु मात्र हुन्छ कै छैन जवाफ कै छैन सब्द म सँग ति नानी हरु लाई दिन ।
बगरमा छत्पटाएको माछाले २ थोपा पानी पाउदा रमाए जस्तो छोरा छोरीको त्यो बेदना म हेर्न नसक्ने भए ।
मोटर् साइकल गयो .....
छोरो कुद्द्यो मामु  भन्दै बाहिर तिर , मैले उसको हात समाएर उसलाई रोके अनि भने बाबु त्यो तेरो मामु हैन मामु जस्तै देखिने अर्कै आन्टि हो ।  सुनेको थे नारि को मन कोमल हुन्छा तर ढुङ्गा भन्दा कठोर पनि देखे आज , ति कलिला आँखा हरुको आसु ले रोक्न सकेन उस्लाई न त मेरो ११ वर्ष देखिको माया को याद  ले छेक्न नै सक्यो ।
दुलही  बनाएर  डोली चडाई  ल्याएको थिए आज बाइक चडि माया मारेर  गै । मेरो आखा बाट आसु झरी सकेछ  मेरो आँखा को आसु को भाब छोरी ले बुजी सकेकी थीइ  छोरो टोलाई रयो अनि म रोइरहे म सँगै छोरी रोइरही ..................
हाल जापान