डनहरुको दादागिरी कम गर्न नेपाल प्रहरी सक्रिय छ -सर्बेन्द्र खनाल



अमेरिकामा नीजि भर्मनमा रहेका नेपाल प्रहरीका एस एस पी सर्बेन्द्र खनालले नेपालमा डनहरुको दादागिरी कम गर्न नेपाल प्रहरी सक्रिय रहेको बताएका छन् | अमेरिकामा रहेका तनहुँबासी नेपालीहरुको संस्था तनहुँ अमेरिका समाजको आयोजनामा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको समर पिकनिकमा बोल्दै खनालले उक्त कुरा बताएका हुन् |

खनालले भने, "तपाईको घर र परिवार नेपालमा छ | साथै विकास, निर्माण र समृद्द नेपाल तपाईहरुको चाहना हो | त्यसको पहिलो सर्त शान्ति र सुरक्षा हो | समाजमा सुरक्षा कायम गर्न हामी  तपाइको परिवार सुरक्षित राख्न हामी सधै समर्पित छौं |"

"म प्रहरीमा रहदा र छोडदा पनि कुनै पनि गलत तत्वसंग सम्झौता गर्दिन" खनालले भने |

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष जगदीशचन्द्र पोख्रेल, महाबाणिज्य दुत प्रेमराजा महत लगायतले बोलेका थिए | संस्थाका अध्यक्ष पर्ल रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थितहरुलाई युद्दबहादुर पन्तले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव कृष्णजीवि पन्तले गर्नु भएको थियो | कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यबाट सहभागीहरु आएका थिए |
click here








,