पाल्पा श्रीनगर समाज हङकङको आयोजनामा "पाल्पा साझ २०१६" सम्पन्न


गत ३ जुलाइ २०१६ मा यस पाल्पा श्रीनगर समाज हङकङको आयोजनामा "पाल्पा साझ२०१६"  भब्यतासाथ सम्पन्न भयो।

उक्त कार्यक्रममा आपौचारिक कार्यक्रम र सास्कृतिक कार्यक्रम गरिएको थियो। औपचारिक कार्यक्रम यस सस्थाको अध्यक्ष पुर्ण दर्लामीको अध्यक्षमा भएको थियो।

 उक्त कार्यक्रममा प्रमुख अतिथी यस  सस्थाका  निबर्तमान अध्यक्ष बल थापा हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा नेपाली महासङ्घका अध्यक्ष रीता गुरुङ , आदिवासी जनजाति महासङका अध्यक्ष एम बि दर्लामी, एन आर एनका अध्यक्ष ललित सुब्बा, चेम्बर अफ कमर्शका अध्यक्ष दासुराम पराजुली , प्यारामाउन्ट ईञ्जिनियरिङ्ग पावर सर्भिसका डाईरेक्टर सुरेन्द्र ढकाल हुनुहुन्थ्यो |

अतिथीहरुमा मगरसंघ हङकङका अध्यक्ष चन्द्रज्योती आले, तनहु समाजका अध्यक्ष जंग राना, गुल्मी समाजका अध्यक्ष  तिलक गाहा मोना हङकङका एल जि थापा, कानुन ब्यबसायी देब गुरुङ जनसम्पर्क समितिका सभापति वसन्त श्रीनेत यस सस्थाका सस्थापक गणेशजंग राना हुनुहुन्थ्यो। सो कार्यक्रम आउपौचारिक कार्यक्रम संचालन सचिब झलक पल्लीले संचालन गर्नु भएको थियो। औपचारिक कार्यक्रम समापनपछि सास्कृतिक कार्यक्रम हास्य कलाकार राजा राजेन्द्र पोख्रेलले पेट मिचीमिची हसाइ कार्यक्रम संचालन गर्नु भएको थियो भने स्टेजमा मिठामिठा गीत नेपालबाट आउनु भएका चर्चित कलाकारहरु लोकदोहोरी कलाकार तथा नेपाल लोकदोहोरी प्रतिस्थानका वरिष्ठ उपाध्यक्ष बद्री पङ्गेनी ,लोकदोहोरी गायिका शिला आले, लोक गायिका जमुना राना , लोकदोहोरी गायक तथा रुपन्देही लोकदोहोरी प्रतिस्थानका अध्यक्ष नेपाल मगर बिद्यार्थी संघका केन्द्रिय सदस्य दिपक गरौजा , नबगायक तथा आधुनिक कलाकार कुमार राना स्थानीय कलाकार मन्जु थापा नृत्यमा निकिता पुन, जुना थापा, तिना थापाले  बेजोडका साथ आआफ्नो गीत नृत्य प्रस्तुत गरि भरिपुर्ण मनोरञ्जन गराउनु भएको थियो।

 उक्त कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्ण स्पोन्सर गर्नुहुने बाद्यबाजन तर्फ सप्तरङ्गी कला केन्द्र , भोलेन्तिएर गरि सहयोग पुरयाउने पत्रकार मिडिया , साउन्ड सिस्टम , कम्प्युटर सिस्टम , बर्तमान कार्यसमिति निबर्तमान कार्यसमिति सल्लाहकारहरु सम्पुर्ण कार्यक्रमको लागि सहयोग गर्नु हुने दर्शकहरु प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरि कार्यक्रम सफल पार्नु भएको थियो | कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ सस्थाका सचिब झलक पल्लीले हृदय देखि नै धन्यवाद ब्यक्त गर्दछु भन्नु भयो |

,