दाहाललाई प्रधानमन्त्री बनाउन असफल भएँ: वामदेव


एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलालाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन्।

पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन्। वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको  र त्यसैबेला उनलाई प्रधानमन्त्री बनाउने सहमति भएको गौतमले खुलासा गरेका हुन् ।