अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट, ५० को मृत्यु



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा प्रदर्शनबीच भएको शक्तिशाली विष्फोटमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । विष्फोट भएको क्षेत्रमा अल्पसंख्यक हजारा समुदायका कयौं व्यक्ति प्रदर्शन गरिरहेका थिए ।

हजार समुदायका नागरिकले विद्युत विस्तारको नयाँ लाइनलाई आफ्नो प्रान्तबाट हटाउने सरकारी निर्णय विरुद्ध र्याली निकालेकै बेला विष्फोट भएको हो ।

प्रहरी अधिकारीहरुका अनुसार विष्फोट आत्मघाती थियो । सामाजिक संजाल ट्वीटरमा देखिएका तस्वीरमा कयौं भाइते जमिनमा लडेका छन् । घाइतेको संख्या यकिन भएको छैन ।

हजारा समुदायका नागरिक कयौं पटक कथित भेदभाव र हिंसाको सिकार हुँदै आएका छन् । केही साता अघि मात्रै काबुलमा भएको विष्फोटमा १३ नेपालीको मृत्यु भएको थियो । त्यसपछि पनि आत्मघाती आक्रमण भएको थियो ।

,