जनसम्पर्क समिती जापानको चुनावमा केसी र कडेल मैदानमा

बिश्वबन्धु भण्डारी 

सवैभन्दा ठुलो दल नेपाली कांग्रेसको बिद्यार्थी संगठन ने वि संघको चुनाव हुने नहुने अझैपनि शंका भईरहँदा जापानमा भने कांग्रेस निकटकै प्रवासी संगठन नेपाली जनसम्पर्क समिती जापानको चुनाव हुने पक्का पक्की भएको छ ।

आगामी अगस्त २१ तारिख जापानको टोकियोमा हुने चुनावका लागि बिभीन्न पक्षले चुनावी प्यानल घोषणा गरेसगैँ जापान चुनावी माहोलले तातेको छ एनआरएन जापानका पुर्व अध्यक्ष भईसकेका र अहिले महाधिवेशन प्रतिनिधि रोशन केसी को प्यानल र जनसम्पर्क समितीका नि वर्तमान बरिश्ठ उपाध्यक्ष डिपी कडेल ले आ आफ्नो प्यानल सहित ऊम्मेदवारी घोषणा गरेर आफु र आफ्नो प्यानललाई जिताऊन आग्रह गर्दै मत माग्न थालिसकेका छन् काग्रेसका हरेक निर्वाचनहरुमा पौडेल पक्ष र देऊवा पक्षको भनेर प्यानल बिभाजन गरिन्थ्यो तर यो निर्वाचनमा भने को कस्को प्यानलको हो खुलाईएको छैन।

आफ्नो प्यानलमा जनजाति महिला सवैलाई समेटेर ऊम्मेदवार वनाईएकोले सवैलाई समेट्न सक्ने टिम हाम्रो नै हो त्यसैले जित्ने सुनिश्चित भएको केसी प्यानलबाट केन्द्रिय सदस्यका ऊम्मेदवार पोषकान्त न्यौपानेको दावी छ त्यसैगरि सच्चा काग्रेसीहरुमात्रै भएको र पार्टीको विरोध कसैले नगर्नेहरु टिममा भएकोले हाम्रो जित सुनिश्चित भएको कडेल प्यानलका केन्द्रिय सदस्य जिवन खड्काको दावी छ  ।

चुनावको मिती घोषणा भएसगै फेसवुकवाटै महामन्त्रीको ऊम्मेदवारी घोषणा गरेर प्रचार प्रचारमा लागेका युवा नेता रेशम डंगोल र रामजंग कार्कीपनि अन्त्यमा प्यानलमै रहेर चुनावमा होमिएका छन् डंगोल केसी प्यानलका महामन्त्रीका ऊम्मेदवार हुन् भने कार्की कडेल प्यानलका ।

यता केहि महिना अघिदेखीनै केन्द्रीय सदस्य पदको ऊम्मेदवारी घोषणा गरि प्रचारमा लागेका जीवन खड्का,पोषकान्त न्यौपाने,धुर्व थापा उल्लास पान्डे राजु पनेरु लगायतका सक्रिय युवाहरु पनि प्यानलमै रहेर प्यानललाई जिताऊन कस्सिएर लागेका छन् ।

केसी प्यानलमा को को ?



केसी को प्यानलबाट कोषाधक्ष्यमा साबित्री लामा  ले उम्मेद्बारी दिएकी छिन् केन्द्रिय सदस्यहरुमा सुजन जोशी , पिताम्बर चापागाई रामकृष्ण  बम मल्ल , बिष्णु अर्याल , टिकाराम खरेल , उमानन्द आचार्य  , लक्ष्मन गुरागाई , पोस्कान्त न्यौपाने ,कमल आचार्य  , राजु पनेरु , निरज कोइराला , सिपि खनाल , लक्ष्मी तामाङ्   , रामशरण रेग्मी , नृप बुढा  , किरण उप्रेती , धुर्ब बस्नेत ,गोपाल सुबेदी , नीरज सापकोटा , मदन पौडेल ,वकिल जोशी , कुशल धिताल , पदम मल्ल ,युवराज अधिकारी , राजन गिरि ,नवराज थापा ,डिलाराम सापकोटा रहेका छन् | केसी को प्यानल्   लाइ पूर्व अध्यक्ष बलराम श्रेष्ठ , तथा  बर्तमान अध्यक्ष नारायण सुबेदी को समर्थन रहेको छ | प्यानल मा केहि सद्स्यहरुको नाम अझै टुङो लाग्न बाँकी रहेको छ |

कडेल प्यानलमा को को ? 

 कडेलले पूर्व सभापतिहरू सहित यस अघि सभापतिका आकाक्षीहरूलाई समेटेर टिमको घोषणा गरेका हुन। जसमामहामन्त्रीमा रामजँग कार्की र कोषाध्यक्षमा बाबुराम सापकोटालाई खुल्ला तर्फ अघि सारेका छन भने केन्द्रीय सदस्यता  २६ जनाको नाम समावेश गरेका छन।

सार्वजानिक गरिएको सदस्यहरुमा  राजेन्द्र जमरकट्टेल, पुस्करजँग थापा, ध्रुवकुमार थापा, हरिप्रसाद कँडेल, पेम्बा लामा, प्रेमप्रसाद कँडेल, जिवन खड्का, साधना घिमिरे, लक्ष्मण थापा, कृष्ण गैरे, दिपकबुर्जा मगर, उल्लास पाण्डे, निरज सापकोटा, राजनकुमार गिरी, लक्ष्मण बानीयाँ, बद्री पौडेल, भिम गैरे, मेख लामा, कर्म टाँसी लामा, सुस्मा वाईबा लामा, मिन राशी गुरुङ, कृपन दाहाल, सुजन खड्का, हरिश्चन्द्र बिष्ट, फडीन्द्र शर्मा, डिल्लीराम सिवाकोटी, अर्बिन श्रेष्ठ, नबिन सागर सापकोटा, शुसील पौडेल, मर्म तामाङ, गोपाल सुबेदी, सुरेस गिरी, शरदराज लामिछाने, डा.हरेराम अर्याल रहेका छन।

यि सबै मध्येबाट २९ जना चुनाब भिड्ने र यही टिमबाट विजयीहरूलाई पदाधिकारीमा मनोनीत गर्ने गरि उम्मेदवारी दर्ता गरिने जनाईएको छ। पूर्व घोषित नामावली अनुसार राजेन्द्र जमरकट्टेल,पुस्करजँग थापा,ध्रुवकुमार थापा, हरिप्रसाद कँडेल र पेम्बा लामालाई नयाँ विधान अनुसार उपाध्यक्षमा मनोनित गरिने सर्तमा सदस्य उम्मेदवारी गराईएका जिवन खड्काले द नेपाल टुडे डटकमलाई जानकारी गराएका छन् |

,