नेपाली जनसम्पर्क समिति जापानको चुनाबी सरगर्मी बढ्दै

नेपाली जनसम्पर्क समिति जापानको छैठौँ कार्यकाल का लागि निर्वाचन मा होमिएको सभापतिका उमेद्धार डि.पि.कंडेल नेतृत्व को टिमले नागोया क्षेत्र मा बृहत् भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

 सो भेटघाट तथा छलफल मा सहभागी हुँदै नेपाली जनसम्पर्क समिति नागोया क्षेत्रका संस्थापक सभापति डिलाराम खरेलले डि.पि. कंडेल र उहाँ को समुह का साथीहरू लाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने बताउनु भयो। भेटघाटमा सहभागी नागोया क्षेत्रकै सभापति पुरूषोत्तम ढकाल, निवर्तमान सभापति तथा केन्द्रीय सदस्यका उम्मेद्धार साधना घिमिरे,पुर्व केन्द्रीय सदस्य तथा एन अर एन ए आईसिसि सदस्य पारसमणि पोखरेल, केन्द्रीय सदस्य डा. हरेराम अर्याल, केन्द्रीय सदस्य राजविन थापा, केन्द्रीय सदस्य प्रकाश गौडेल, यूवानेता कुशल धिताल, दिपक केसी, राजकुमार अधिकारी लगाएतले संस्थालाई विधि र पद्धतिमा हिंडाउनका निमित्त यो समुहको जित आवश्यक रहेको बताउनु भयो।

 भेटघाट का लागि टोकियो बाट आउनु भएका नेपाली काँग्रेस का महाधिवेशन प्रतिनिधि सुभाष लोहनी र सभापति का उम्मेद्धार डि.पि. कंडेल ले यो जीत व्यक्ति- व्यक्ति विचको जीतहार का लागि नभई जनसम्पर्क समिति भित्र पद्धति को विकास गरि थप गतिशिल र सशक्त जनसम्पर्क समिति निर्माण गर्ने अभियान मात्र भएको स्पष्ट पार्नुभएको थियो।

टोकियो बाट आउनुभएका महामन्त्रीका उम्मेद्धार रामजंग कार्कीले पनि जनसम्पर्क समितिमा सबै क्षेत्रका साथीहरूको उत्तिकै भूमिका र सामुहिक प्रतिनिधित्वको विकासका लागि पनि यो समुह को जीत आवश्यक रहेको बताउनु भयो।कोषाध्यक्ष को उम्मेद्धार बाबुराम सापकोटा र केन्द्रीय सदस्य का उम्मेद्धार तथा वर्तमान केन्द्रीय कोषाध्यक्ष पेम्बा लामा ले पनि यूवा हरू लाई नेतृत्व मा स्थापित गर्न र आर्थिक अनुशासन लाई बलियो बनाउन यो समुह लागिपरेकाले जिताएर सहयोग गरिदिन आग्रह गर्नुभयो। नागोया क्षेत्र को भेटघाट सकेर डि.पि. समुह आजै ओसाका क्षेत्र प्रस्थान गरेको महामन्त्री का उम्मेद्धार रामजंग कार्की ले बताउनु भयो ।