कास्की समाज अमेरिकाको बृहत समर पिकनिक सम्पन्न




बाल्टिमोर, अमेरिका

अगस्त १८,

कास्की समाज अमेरिकाले मेरिल्याण्डको बाल्टिमोरमा बृहत समर पिकनिक सम्पन्न गरेको छ |

"पिकनिक रमाइलो भयो | भब्य र सभ्य भयो |" समाजका अध्यक्ष कुलप्रसाद गुरुङले द नेपाल टुडेसंग भन्नुभयो | पिकनिकमा बिभिन्न कार्यक्रम गरेर सहभागीहरुलाई मनोरंजन प्रदान गरिएको थियो |

बाणिज्य दुत प्रेमराजा महत, समाजका पूर्व अध्यक्ष नारायण थापा, वर्तमान अध्यक्ष कुलप्रसाद गुरुङ समेतले पिकनिक आयोजना गर्नुको उद्देश्य र कास्की समाजका बारेमा मन्तब्य राख्नु भएको थियो|

सो अवसरमा कास्की समाज अमेरिकाका नव निर्वाचित कार्य समितिलाइ प्रमाण पत्र वितरण गरिएको थियो |

तस्बिर सौजन्य: कुलप्रसाद गुरुङ