नासोमा गोपाल विश्वकर्मा दोस्रो पटक निर्वाचित


बाल्टिमोर, अगस्त २२

सामाजिक समानताका लागि अमेरिकामा स्थापित नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटी (नासो)को मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भएको अधिबेशनले पुन: गोपाल बिश्वकर्माको अध्यक्ष रहेको १५ सदस्यीय नयाँ कार्यसमिति आगामी २ वर्षका लागि सर्वसम्मतिले चयन गरेको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष धन बहादुर नेपाली, उपाध्यक्ष रामकृष्ण लकान्द्री, अमर हजरिया, महासचिव पूर्णसिंह बराइली सचिवमा अर्जुन बगाले, तिर्थ परियार सेवा, कोषाध्यक्ष जगन बिक र सदस्यहरुमा क्रमश सित परियार, करण सुनार, दीपक परियार, डा. विश्व खड्का, पविता परियार, धनमाया सुनार र संजिता बराइली रहेका छन् । संस्थाको कार्यसमिति क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो, म्यासाच्यूट, म्यारिलेण्ड, भर्जिनिया र वासिङ्टन डिसी लगायतका क्षेत्रको प्रतिनिधित्व हुने गरि निर्वाचित भएका छन् ।

प्रकाश नेपाल संयोजक, धरम विश्वकर्मा र डीबि सागर विश्वकर्मा सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न गरेको थियो ।

कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले गर्नु भएको थियो | कार्यक्रममा नेपाली कांग्रेसका नेता दीप कुमार उपाध्याय र महाबाणिज्य दुत प्रेमराजा महत लगायतले बोल्नु भएको थियो। कार्यक्रममा वाशिङ्गटन डिसी मेट्रो क्षेत्रका नेपाली सामाजिक संघ संथाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नासो अमेरिकाको मेरिल्याण्ड राज्यमा सन् २००४ मा स्थापना भएको थियो | अहिले अमेरिकाका बिभिन्न राज्यहरुमा नासोको शाखाहरु छन् |

"मेरो कार्यकाल संगठन विस्तारमा बढी केन्द्रित हुने छ | बिगतमा जस्तै समाजमा मानवीय हीतमा पनि काम गर्ने नै छु |" नवनिर्वाचित अध्यक्ष विश्वकर्माले द नेपाल टुडेसंग भन्नुभयो |