तीजका लागि निशा सुनार नेपालमा

काठमाडौं, साउन२१-चर्चित लोकगायिका तथा मोडल निशा सुनार साढे दुई वर्षको अमेरिका बसाइपछि नेपाल आएकी छिन् । पारिवारिक स्रोतका अनुसार तीजको गीत रेकर्डिङको लागि उनी नेपाल आएकी हुन् । नेपाल आउनेबित्तिकै उनी गीत रेकर्डिङमा व्यस्त रहेको बताइएको छ ।
 निशाले यो अवधिमा तीजको बाहेक अन्य केही अरू  गीत पनि रेकर्ड गर्ने भएकी छन्। निशा सुनार विगतदेखि नै तीजलाई लक्षित गर्दै गीती एल्बम निकाल्दै आएकी छिन् । दुई वर्षअघि उनले गाएको ‘बिन्दास तीज’ ले बजारमा राम्रै चर्चा पाएको थियो । यो वर्षको तीज गीतमा निशाले विनोद बाजुरालीको संगीत र डिबी खड्काको शब्दलाई आफ्नो सुमधुर स्वर दिने भएकी छन्।  विगत दुई वर्ष यता उनको यो नै पहिलो गीत रेकर्डिङ हुँदैछ । अभिनेत्री दिपाश्री निरौलासँगै निशाले पनि तीज गीतमा कम्मर मर्काइन् । ‘माया गर्ने नेपाली केटो चाहियो’ बोलको गीतलाई शंकर बि,सि ले निर्देशन गरे । झण्डै साढे दुई वर्षपछि नेपाल फर्किएकी गायिका सुनारले नेपाली दिदी बहिनीलाई आफ्नो कोशेली स्वरुप यो तीज भिडियो तयार गरेको बताइन् । निशाले भनिन्, ‘अमेरिका हुँदा मैंले दर्शकको मायालाई मिस गरें ।  यही लामो समयको सम्झना स्वरुप तीजमा भिडियो ल्याउन लागेको हुँ ।’ तीज गीतमा उनको सोलो स्वर छ । ‘छक्का पञ्जा’ को कामलाई थाँती राखेर साथी निशाको तीज गीतमा कम्मर मर्काउन पुगेकी निर्देशक दिपाश्री निरौलाले भने निशाको यस वर्षको तीज गीत र भिडियोलाई श्रोता तथा दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् ।  निशाको यो गीतले हाम्रो गीत ‘सुर्के थैली’ ले भन्दा पनि भ्युअर्स पाओस् भन्ने मेरो कामना छ । यो गीतमा निशा कत्तिको जम्ने हुन्,  हेर्नै बाँकी छ ।