पुष्पकमल दाहाल मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित

तस्वीर : रासस

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा दाहाल ३ सय ६३ मत प्राप्त गरी विजयी भएका हुन् ।

व्यवस्थापिका संसदमा हाल कायम रहेको सांसद संख्या ५ सय ९५ भएपनि मतदानमा जम्मा ५ सय ७३ मत खसेको सभामुख ओनसरी घर्तीले घोषणा गरिन् ।
दाहालको विपक्षमा २ सय १० मत परेको छ । दाहाल संविधान जारी भएपछि दोस्रो कम्युनिष्ट प्रधानमन्त्री तथा दोस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका छन् । दाहाललाई संविधानप्रति असन्तुस्ट रहेका मेधस केन्द्रीत दलसहित १६ दलको समर्थन छ ।