एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन एघार बुँदे घोषणा सहित सम्पन्न


 न्युजर्सी, अगस्त २८ /

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रीय सम्मेलन एघार बुँदे घोषणा सहित सम्पन्न भएको छ |  संघले हरेक दुइ-दुइ बर्षमा आयोजना गर्ने क्षेत्रीय सम्मेलन अगष्ट २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीमा भएको थियो |

 अहिलेसम्म सदस्यता, संगठन र दोहोरो नागरिकता कै बिषयमा केन्द्रित संघले यस पटक नयाँ  “NRNA VISION 2020 & BEYOND”भन्ने नारालाई अगाडी सारेको थियो  | सोहि नाराको मूल मर्ममा सम्मेलन केन्द्रित रहेको र सफलतापुर्बक सम्पन्न भएको आयोजक राष्ट्र अमेरिका शाखाका अध्यक्ष डा. केशब पौडेलले द नेपाल टुडेलाई बताउनु भयो |

कार्यक्रममा अध्यक्षको शेष घलेले अबको समय भिजन २०/२० मा केन्द्रित हुने बिषयमा सम्मेलनका सहभागीलाई आश्वस्त पार्नुभएको थियो।

यो सम्मेलनमा सहभागी हुन एन आर एन अस्तित्वमा रहेका २५ देशका ४०० भन्दा धेरै एनआरएनएहरु उपस्थित भएको आयोजकले जनाएको छ |

सम्मेलनले छलफलसहित पारित गरेको एघार बुंदे घोषणा यस्तो छ :