'बाटो मुनिको फूल -२' बाल्टिमोरमा प्रदर्शन हुने, यश कुमार पनि आउने



यस बर्षको चर्चित चलचित्र बाटो मुनिको फूल -२ अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा पनि प्रदर्शन हुने भएको छ |

कार्यक्रममा चलचित्रका नायकहरु दिलिप रायमाझी र यशकुमार पनि प्रत्यक्ष उपस्थित हुने आयोजक मध्येका एक युवा दिलिप श्रेष्ठले द नेपाल टुडेलाई बताउनु भयो |

बिगतमा पनि नेपाली चलचित्रलाई दर्शकहरु माझ पुर्याउने एभरेस्ट इन्टरटेन्ट्मेन्ट, मेरिल्याण्ड यो प्रदर्शनीको चाँजो पाँजो मिलाएको हो |
"मेरिल्याण्डका दर्शकको माया पाईरहेका छौं | यो पटक पनि साथको अपेक्षा गरेका छौँ |" दिलिप श्रेष्ठको आशा छ |

यो चलचित्रमा नायक दिलिप रायमाझी, गायक तथा नायक यश कुमार, नायिका ऋचा शर्मा , लगायतका कलाकारहरुको बेजोड अभिनय छ |

स-परिवार चलचित्रका कलाकारहरुका साथमा बसेर यो चलचित्र हेर्न चाहनु हुन्छ भने आयोजकको सम्पर्क तल छ :

थप जानकारीका लागि सम्पर्क:

दिलिप श्रेष्ठ : ६४६ -४२० -२३९९ 
अपार श्रेष्ठ : ४४३-४१८-४३४४
आकाश श्रेष्ठ : ४४३-७६२-९२२७
सृजन ताम्राकार : ४४३-६७५-८८८९


मिति: सेप्टेम्बर ४, आइतबार, ८:३० बजे

स्थान: Beltway Movies 6,
7660 Belair Road
Nottingham, MD 2236