कांग्रेसले मन्त्रीको नाम आज टुङ्गो लगाउने

काठामाडौँ भदौ,८-सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम आज टुङ्गो लगाउने भएको छ ।
भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण मन्त्रीहरुको नाम पठाउन ढिलाइ गरेको कांग्रेसले अाज बाँकी मन्त्रीको नाम टुङ्गो लगाउने नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।कांग्रेसले यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काँग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको छ । मन्त्रीको टुङ्गो लागेपछि पार्टीमा रिक्त पदाधिकारी र विभागलाई पूर्णता दिने बताइएको छ । माओवादी केन्द्रले भने आफूले पाउने सबै ८ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।