बाल्टिमोरमा शेष घले र बिनोद चौधरी लगायतको उपस्थितीमा कार्यक्रम हुने


तस्बिर: घलेको फेसबुकबाट 











प्रबिण भण्डारी, 

बाल्टिमोर, अगस्त १७
तस्बिर: चौधरीको फेसबुकबाट 

आगामी अगस्ट २५ तारिक का दिन  एनआरएन मेरिल्याण्ड च्याप्टरले  नेपालका बिभिन्न  क्षेत्रका बिशिस्ठ व्यक्ति हरु लाई एउटै थलोमा एक विशेष अन्तरक्रिया "एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा "आयोजना गरी सम्पूर्ण मेरिल्याण्ड बासि नेपालीहरुलाई  सात्क्षतकार गर्ने मौका जुराउने भएको छ   |

हामी प्रदेशमा रहेर देशमा यस्तो भएन उस्तो भएन भनेर कुरा काटिरहन भन्दा बरु आफ्नो  मातृभूमिमा के- कसरी लगानी गरेर उन्नति र प्रगतिको बाटोमा अग्रसर हुन सकिन्छ भन्ने अभिप्राय रहेर "एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा "बिषयमा आफु हरुले अन्तरक्रिया गर्न लागेको जानकारी  एनआरएन अमेरिका  च्याप्टर मध्येकै  अत्यन्तै सक्रिय,जुरारु तथा क्रमठशिल मेरील्याण्ड च्याप्टर अध्यक्ष जेदु पोखरेल ले जानकारी दिनु भयो |

यस कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष एवं, अस्ट्रेलिया भरिकै धनाढ्य व्यवसायी शेष घले  र अर्का नेपालका एकमात्र अरबपति बिनोद चौधरी लगायत अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की, पूर्वमंत्री एवं भारतका लागि पूर्व नेपाली राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय, एनआरएनए अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्त,एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं आइसीसी सदस्य खगेन्द्र जीसीलगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुनेछ |

यही अगष्ट २७ र २८ न्यु जर्सीमा राज्यमा   हुन लागेको एनआरएन अन्तर्राष्ट्रिय परिषदको नवौं क्षेत्रीय सम्मेलनको पुर्ब सन्ध्या पारेर रात्रीभोज सहितको  यो अन्तरक्रियात्मक कार्यक्रम मा उपस्थित हुन एनआरएन म्यारिल्याण्ड शाखाले  डिसी महानगर क्षेत्रका सम्पूर्ण नेपाली  समुदायलाई उपस्थितीको लागी अनुरोध गरेको छ |

स्मरण रहोस एनआरएन मेरिल्याण्ड च्याप्टरको पहलमा सम्भवत अमेरिकामै  नेपाली भाषामा सवारी चालक अनुमतिपत्र यहि अक्टोबर ३ तारिख  का दिन देखि लागू हुने गरी  नेपाली भाषा मै "ल टेस्ट"  दिन पाइनुका साथै निर्देशन पुस्तिका समेत नेपाली मै उपलब्ध हुने भएको छ |

कार्यक्रम सम्बन्धी एनआरएन मेरिल्याण्ड च्याप्टरका तर्फबाट अध्यक्ष जेदू पोखरेलले जारी गर्नु भएको विज्ञप्तिको सम्पादित अंश:

हार्दिक निमन्त्रणा 
NRN -USA Maryland chapter ले " एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा " बिषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बारे यहॉहरुलाई सहर्ष जानकारी गराउदछौं । साथै उक्त कार्यक्रममा एनआरएनका अन्तर्राष्ट्रीय परिषदका अध्यक्ष श्री शेष घले , महामहिम राजदुत डा. अर्जुन कार्की,पुर्वमन्त्रीं एवं भारतका लागि नेपाली निबर्तमान राजदुत तथा नेपाली कॉग्रेसका नेता श्री दिपकुमार उपाध्याय, नेपालका बहुर्राष्ट्रिय उद्यमी श्री बिनोद चौधरी, महावाणीज्यदुत श्री प्रेमराजा महत, एनआरएन अन्तर्राष्टीय परिषदका उपाध्यक्ष द्वय श्री भबन भट्ट ,श्री कुमार पन्त र एनआरएन अमेरिकाका पुर्व अध्यक्ष तथा एनआरएन अन्तर्राष्टीय परिषदका सदस्य श्री खगेन्द्र जीसी सहितका ब्याक्तित्व हरुको प्रमुख तथा बिशेष आतिथ्यता रहने छ । तसर्थ समाजको हरेक क्षेत्रका बरिष्ठ ब्यक्तित्वहरुको बिशेष प्रतिनिधित्व रहने उक्त एेतिहासिक कार्यक्रममा Maryland Virginia DC Area मा बस्ने सम्पुर्ण नेपालीजनहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम:- 
मिती:- २५ अगस्त, २०१६ (बिहिबार)
स्थान :- नेपाल हाउस ( 920 N Charles street, Baltimore MD 21201 )
समय:-सॉझ ठीक ६ बजे (6:00 PM)
(डिनरको निःशुल्क ब्यबस्था गरिएको छ ।)
उक्त कार्यक्रममा Baltimore Athletic club, तथा Baltimore volleyball Team का बिजेता तथा मार्सलआर्टमा स्वर्णपदक बिजेता खेलाडीहरुलाई सम्मान गरिने कार्यक्रमसमेत रहेको बारे यहॉहरुलाई जानकारी गराईन्छ।
धन्यबाद । 
जेदु पोखरेल 
अध्यक्ष 
तथा एनआरएन मेरिल्यान्ड च्याप्टर परिवार । 

सम्पर्क:-
जेदु पोखरेल 443 4130439
बिनोद उप्रेती (443) 610-9118
अर्जुन हमाल (443) 682-4941
महेश भट्टराई (410) 300-7935
सरोज पुरी (443) 799-0529
प्रवीण भण्डारी (443) 713-8672
दिपा शर्मा (410) 814-1286
राजन घिमिरे (443) 743-5113
अशोक केसी (347) 599-5692