जापानमा नेपाली जनसम्पर्क समितीको अधिवेशनको चटारो



जापानमा नेपाली जनसम्पर्क समितीको छैठौ अधिवेशनको चटारोमा होमिएका जापानवासी काँग्रेस सर्मथकहरुका महामेला सुरु भएसंगै आफनो उम्मेदवारी घोषणा क्रम सुरु भएको छ ।

यसैक्रममा वर्तमान कार्यसमितिका आमन्त्रित केन्द्रिय सदस्य एवम् चर्चित युवा नेता जिवन खड्का ले  जनसम्पर्क समितिका केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।

हालै प्यानलनै घोषणा गरि चुनावी मैदानमा होमिएको डिपी कँडेलको प्यानलमा रहेका खड्काले जापानवासी युवाहरुको मत पाऊने आशमा उम्मेदवारी दर्ता गराएका छन् । संखुवासभा क्षेत्र नम्वर २ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक खड्काका आफ्नै भाई जिवन खड्काले सानैदेखि दाजुसगैँ राजनितीमा लागेको,आफु गाऊमा जन्मेको गाऊँको माटो मै लडिवुडीगर्दै हुर्केकोले नेपाली जनताहरुको समस्याहरुसगँ परिचित नै भएको र जापानमा पनि तिनै नेपालीहरुको सेवाका लागी आफु निरन्तर लागिरहने प्रतिवद्दता सहित ऊम्मेदवारी दिएको वताएका छन् ।

वेलावेलामा नेपाली बिद्यार्थीहरुलाई  समस्या पर्दा आर्थिक सहयोग जुटाऊने देखि जापानवासी नेपालीहरुको सुख दुखमा साथ दिदै आएका खड्का  आफु र आफ्नो डि पी कडेल प्यानललाई जिताऊन चुनावी प्रचार प्रचार लागिरहेका छन् स्मरण रहोस् यहि अगस्त २१ तारिख नेपाली जनसम्पर्क समिति जापानको छैठौ अधिवेशन हुदैछ