आज क्यानडाको टोरन्टोमा बृहत नेपाली मेला हुदै


क्यानडा अगस्त २१,

आज क्यानडाको टोरन्टोमा बृहत नेपाली मेला हुदैछ | सन् २००६  देखि यो मेला हुदै आएको हो | टोरन्टो सिटि हाल अगाडी हुने यो कार्यक्रममा स्थानीयहरुको पनि सपोर्ट हुने गरेको छ |

ओन्टारियो प्रोभिन्सको टोरन्टो सिटिमा हुने यो मेलामा क्यानडामा बसोबास गर्ने नेपालीहरुको व्यापक सहभागिता रहने गरेको छ | यस पटक पनि यो मेल भब्य हुने आयोजकले जनाएका छन् | मेलामा अमेरिकाबाट पनि नेपालीहरुको सभागिता रहने विश्वास गरिएको छ |

हिमालयन फेस्टिभलका रुपमा पनि चर्चित यो मेलामा सगरमाथा आरोहीहरुलाई सम्मान गरिने कार्यक्रम छ | यसपटक सगरमाथा आरोहीहरु आङछिरिङ्ग शेर्पा र सुगर्शन गौतमलाइ सम्मान गर्न लागिएको छ |

कार्यक्रमलाई मनोरंजन प्रदान गर्न गायक प्रमोद खेरल र बुद्धिसागर बश्याल लगायतका कलाकार कार्यक्रम स्थलमा आईसकेको आयोजकले द नेपाल टुडेलाइ बताएका छन् |