दुई दशकदेखि मिसन अस्पताल अलपत्र

पर्वत भदौ, ८-करिब दुई दशक अघिदेखि बन्द भएको पर्वत जिल्लाको मिसन अस्पताल अलपत्र अवस्थामा गुज्रिएको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको हुवासमा रहेको अस्पताल अझैसम्म सम्बन्धित निकायको बेवास्ताका कारण अलपत्र बनेको हो ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको मिसन अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । विसं २०५० सालमा स्थापना गरिएको अस्पताल बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नु परेको हो । उनीहरुले पटक पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह समेत गर्दै आएका छन् । पन्ध्र श्ययाको उक्त अस्पताल बन्द भएको दुई दशक बितिसक्न लाग्दा पनि सञ्चालनमा कसैले चासो नदिएको गाउँलेले बताए । स्थापना भएको सात वर्षसम्म अस्पताल सञ्चालनमा आएपनि माओवादी जनयुद्धसंँगै अस्पताल बन्द भएको हो । अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । तत्कालीन अवस्थामा अस्पतालबाट पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका दुई दर्जनभन्दा बढी गाविसका एक लाख ५० हजार सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा एडभान्टिस्ट फन्ट मिसन नामक अमेरिकी संस्थाले रु एक करोड लगानी गरेर निर्माण गरेको उक्त अस्पतालका भवन र फर्निचर अहिले बेवारिसे बनेका छन् ।
अस्पताल बन्द भएपनि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरु समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताउनुभयो । पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि सर्वसाधारण उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवा जान बाध्य छन्, प्रधानले भन्नुभयो । हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका भएपनि उक्त स्थानमा सुविधा सम्पन्न स्वास्थ्यचौकी स्थापना भएको छैन । यहा““ उपस्वास्थ्य चौकी मात्र छ । “अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह ग¥यौँ” स्थानिय मित्रलाल बस्यालले भन्नुभयो– “सञ्चालनमा कसैले चासो दिएनन् ।”गाउ“लेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेपनि कसैले चासो नदिएको बताएका छन् । पछिल्लो समय हुवासमै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडक सुविधाको राम्रो पहुँच पुगेकाले सुविधा सम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीयको माग रहेको छ ।