जनसम्पर्क समिती जापानमा डिपी कडेलको वर्चश्व


विश्व भण्डारी
जापान / अगस्त ३०

नेपाली जनसम्पर्क समितीको मतगणना सम्पन्न भएको छ। निर्वाचन कमिटी का संयोजक ले राजिनामा दिएको अवस्थामा संयोजक को राजिनामा स्विकृत भईनसकेको ले निर्वाचन कमिटी का सदस्य बिनोद खनाल को उपस्थीती महाधीबेसन प्रतीनिधीहरु, सुबास लोहनी, पासाङ शेर्पा, पुर्व महाधीबेसन प्रतीनिधी तथा काउन्शील सदस्य कपिलदेब थापा लगायत बिसीस्ट  ब्यक्तीहरुको उपस्थीती मा मतगणना सम्पन्न भएको छ। रोशन केसी पक्षले उमेदवारी दर्ता पश्चात मतगणना बहिस्कार गरेको भनिए पनि मत गन्दा त्यस्तो भेटीयन डिपी कडेल ले ३४६ मत पाउदा रोशन केसी ले ३९ मत प्राप्त गरे ।

महामन्त्री तर्फ रामजँग कार्की ले३३७ मत प्राप्त गरेर बिजयी हुदा प्रतिद्वन्दी रोशन केसी प्यानलका रेशम डंगोलले ४१ मत प्राप्त गरे। कोषाध्यक्ष तर्फ बाबुराम सापकोटाले ३४० मत प्राप्त गरी बिजयी भए भने उनिकी प्रतीदोन्धी साबित्री लामाले ३८ मत प्राप्त गरिन।

सदस्यतर्फ दुबै प्यानलको तिब्र प्रतीस्प्रधा देखीएपनि डिपी कडेल प्यानल कै पुरै सदस्यहरु बिजयी भएका छन्। जसमा खुल्ला तर्फबाट राजेन्द्र प्रसाद जमरकट्टेल, पुस्करजँग थापा, पेम्बा लामा, धुर्वकुमार थापा, प्रेम कंडेल, हरिप्रसाद कडेल, जीवन खड्का, लक्ष्मण थापा, राजन कुमार गिरी, उल्लास पान्डे, कृष्ण गैरे, बद्री पौडेल, शुसिल पौडेल, लक्ष्मण बानीया, भिमलाल गैरे, अशोक शर्मा, सुजन खड्का, कृपन दाहाल, नबिन सागर सापकोटा, राम बहादुर कार्की बिजयी  छन्।

महिला तर्फबाट नागोया क्षेत्रकी निबर्तमान सभापती साधना घिमीरे, सुस्मा लामा, गितादेबी कँडेल बिजयी भएका छन् । त्यस्तै जनजातीतर्फ दिपक बुर्जा मगर, मिनराशी गुरुङ र मेख बहादुर लामा बिजयी भएका छन्।

रोशन केसी प्यानलबाट पनि सदस्यहरु मा टिकाराम खरेल,धुर्व बस्नेत,रामशरण रेग्मी,सुजन जोशी, बिष्नु अर्याल लगायतले सम्मान जनक मत प्राप्त गरे। बिजयी उमेदवारहरु लाई अर्को महिना रामचन्द्र पौडेलको हातबाट प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ।

५ वट थोरै मात्र मतदाता भएको क्षेत्रमा केसी प्यानलले बहिस्कार तोडफोड गरेता पनि ८०% भन्दा  बढी मतदाता भएका ४ क्षेत्रमा सफल निर्वाचन भएको थियो। सोही ४ क्षेत्र को मतगणना आज सम्पन्न भएको हो।

कुल ८६६ मतदाता रहेको मा कुल ६६६ मतदाता भएको स्थान मा मतदान सम्पन्न भएको र ति क्षेत्र मा ३९३ मत खसेको थियो। सभापती पदमा ८ मत बदर भएको थियो।

,