संबिधानले 'गैर आवाशीय नेपाली नागरिकता' पाउने हक सुरक्षित गरेको छ, तपाईहरुलाई बधाई र शुभकामना छ -सुबास नेम्बाङ


"संसारभरमा रहेका गैर आवाशीय नेपालीहरुलाई बर्तमान संबिधानले 'गैर आवाशीय नेपाली नागरिकता' पाउने हक सुरक्षित गरेको छ, तपाईहरुलाई बधाई र शुभकामना छ |" संविधानसभाका पूर्व सभामुख सुबास नेम्बाङले एनआरएनएको नवौ क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उक्त कुरा भन्नुभएको हो |

एनआरएनएको नवौ क्षेत्रीय सम्मेलनको अमेरिकाको न्यु जर्सी राज्यमा सनिबार बिधिबत रुपमा उद्घाटन भएको छ | सम्मेलनको उद्घाटन प्रमुख अतिथि तथा नेकपा एमाले संसदीय दलका उपनेता तथा पुर्ब सभामुख सुभास नेम्वांगले गर्नुभएको थियो |

अंगीकृत नागरिकता लिने व्यक्तिलाई राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायतका पद बाहेक अन्य अधिकार प्रदान गरिएको र नागरिकतामा यस्तो प्रावधान निकै सुझबुझपूर्ण तरिकाले राखिएको बताउनु भयो।

"संबिधानमा तपाईहरुको अधिकार लेखिएको छ" नेम्बाङले भन्नुभयो, "अब कानुन बनाउन बाँकी छ, त्यसका लागी पनि तपाईहरु पहिले जस्तै सक्रिय रहनु होला |"

 उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी एनआरएनहरुलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने विषय संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ । त्यसका लागि एमाले, काँग्रेस, माओवादी केन्द्र र मधेसी दलका नेताहरुले यो बिषयमा देखेको ऐक्यबद्धतालाई र खेलेको भूमिकालाई एनआरएनले बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष  शेष घले लगायतले मन्त्यब्य राख्नु भएको थियो |

शुक्रबारदेखि शुरु भएको सम्मेलनको आज उद्घाटन भएको छ र भोलिसम्म चल्ने छ | सम्मेलनमा 'भिजन ट्वान्टी-ट्वान्टी एण्ड बियोण्ड' का बिषयमा व्यापक छलफल गरिने बताईएको छ |